बर्माकोे निधन बारे छानविन गर्न संचार संगठनको माग



सैघाली खबर
दाङ,साउन २४ । नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य तथा रेडियो स्वर्गद्वारीमा कार्यरत पत्रकार पार्वती बस्नेतका जीवनसाथी प्रमोद बर्माको रहस्यमय निधन बारे छानबिन गर्न पत्रकार महासंघ दाङ लगायत ले विभिन्न संचार संगठनहरुले माग गरेका छन् । पत्रकार महसंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत,प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ल, प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय महासचिव उदय जीएमले मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गर्नु भएको हो ।
नेपाल बैंक लिमिटेड बर्दिया शाखाका प्रबन्धक प्रमोद बर्माको रहस्यमय निधनको खबरले दाङमा क्रियाशील सञ्चार संस्थाहरु स्तब्ध भएका छौं । विज्ञप्तीमा भनिएको छ ।बर्दियाबाट साउन २० गते शुक्रबार राती ९ बजे घरपरिवारमा फोनमार्फत् सम्पर्क गरेका बर्माको शव बाँकेको अगैया जंगलमा फेला परेको थियो । बर्माको सुनियोजित हत्या नै भएको पारिवारिक भनाई छ । शव घुडा टेकिएको अवस्थामा झुण्डिएको पाइएको, शरिरभरि निलडाम भेटिएको, मुखमा समेत चोटपटक लागेको र आँखामा पनि गहिरो घाउ देखिएको शवको प्रकृति हेर्दासमेत घटनामा गम्भीर षड्यन्त्र र सुनियोजित हत्या हो भन्ने आशंकालाई बल पुगेको छ विज्ञप्तीमा उल्लेख गरिएको छ । अतः हामी त्यो घटनाको निष्पक्ष र गम्भीरतापूर्वक छानविन गर्न सम्बन्धित निकायमा जोडदार माग गरिएको छ । मृतक प्रमोद बर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार बस्नेतलाई परेको चोट र पीडाको सामना गर्न यस घडि हामी सम्पूर्ण पत्रकार उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्