काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिए ।
बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा कांग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ । रासस

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।