माघी सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा



निता चौधरी,
तुलसीपुर ।
तुलसीपुर क्षेत्रस्तरिय माघी सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रिपोटर्र्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको हो ।

थारु संस्कृति हमार पहिचान, भुइह्याँर ठन्वह बचैना हमार अभियान भन्ने नाराका साथ हुने माघी विशेष सांस्कृतिक महोत्सवमा २५ गते विहान निकालिने ¥यालीमा सहभागी हुनकालागि सबैलाई आग्रह गरिएको छ । नमुना भुइह्याँर थानबाट निकालिएको ¥याली तुलसीपुर बजारको परिक्रमा गरी पुनःनमुना भुइह्याँर थानमा पुगी कोणसभामा परिणत हुने समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।


थारू समुदायको ठूलो पर्व माघ नजिकिद गर्दा थारू समुदायमा माघको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा थारु समुदायको पहिचान झल्किने मघौटा नाच, कट्घोरी नाच, झुम्रा नाच लगायतका नाच, थारु कलाकारहरुको प्रस्तुति रहने छ ।

साथै कार्यक्रममा ८० बर्ष माथिका जेष्ठ नागरिक, थारु समुदायका निम्ति योगदान पु¥याएका महटवा, गुरुवा, पत्रकारहरुलाई सम्मान गरिने भएको छ ।
नमुना भुइह्याँर थान समिति तुलसीपुरको आयोजना तथा थारु कल्याणकारिणी सभा क्षेत्र नंबर ३ को सहआयोजनामा कार्यक्रम हुन लागेको छ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागी कार्यक्रमका आयोजक एवम् थारू अगुवाहरुले सम्पूर्णलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार समितिका संयोजक अञ्जना चौधरीले गर्नु भएको हो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्