पातलो भएर तनावमा हुनुहुन्छ? मोटाउन खानुहोस यी चिज



काठमाडौ । सामान्यतया हरेक मानिस आफुलाई ठिक्कको राख्न चाहान्छ । विभिन्न रोगको कारण धेरैं मानिसहरु धेरै दुब्लो र पातलो शरिर भएका हुन्छन । यस्ता मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ ।

दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता हुनु स्वभाविक पनि हो । आज हामी कसरी मोटाउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिन जाँदैंछौं ।

खाजामा एक प्लेट गेडागुडी वा तरकारी, दुईवटा अण्डाको अमलेट वा दुईवटा उसिनेको अण्डा, जाम वा घिउ राखिएको तीन पिस ब्राउन ब्रेड र आलु या पनिरको खादा पनि मोटाउन सहयोग गर्छ ।

 

बिहानको खानामा एक एक कचौरा दाल, भात, तरकारी, सलाद र दहीको सेवनले पातालो या दुब्लो व्यक्तिहरु मोटाउन सकिन्छ ।
प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खानाले मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने मोटाउदै जान्छ ।

सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिएमा पनि मोटाउन सहयोग पुग्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्