यौन सम्पर्क गर्दा तनाव चट



यौन सम्बन्धमा मधुरता छ भने दुवैको सम्बन्धमा नयाँ उर्जाको पनि सञ्चार हुन्छ तर, यदि यौनसम्बन्ध नै बोझिलो भैसकेको छ भने सम्बन्ध पनि बोझिलो हुन सक्छ ।

यौनसम्बन्धको बोझिलतालाई हटाएर कसरी युवाले आफ्नो सम्बन्धमा नयाँ जीवन प्राप्त गर्न सक्छन् भन्ने बारेमा हामीले थाहा पाउनु जरुरी छ ।
स्वभाविकै हो युवाहरुले हरेक काम छिटो गर्न चाहन्छन् । युवा उर्जा र जोशको विशेषता नै तातो रगत हो । उनीहरुलाई उत्साहले भरिएका हुन्छन र हरेक काम आँफै गर्न तत्पर रहन्छन् ।

युवा पिँढीले हरेक कुरा सिक्न अनुभव गर्न चाहन्छ । आफूलाई मनलागेको कुरा खुलेर गर्न चाहने युवाहरुको स्वभावै हो । प्रेम पनि युवाले खुलेर गर्छन् ।

समाजले खडा गरेका सीमाहरुलाई नाघेर युवाहरु आफ्नो जोश र उर्जाले त्यस्ता पर्खालहरुलाई भत्काउँदै आफ्नै वेगमा कुद्न खोज्छन् । सेक्सको मामिलामा पनि उनीहरु यस्तै हुन्छन् । उनीहरुलाई सम्बन्ध सुरु गरेपछि जतिसक्दो छिटो सेक्सको स्वाद लिन आतुर हुन्छन् ।

तर, हालसालै गरिएको एक शोधमा यौनसम्पर्कलाई बोझिलो मान्ने युवाहरु पनि धेरै रहेको र शारीरिक सम्पर्कलाई बोझिलो रुपमा लिनाले सम्बन्धमा पनि समस्या देखिएको पाइएको छ । शोधले सेक्समाआएको बोझिलतासँगै सम्बन्धको गर्माहट सकिदैँ जाने र त्यसको नतिजा ब्रेकअप पनि हुन सक्ने देखाएको छ ।

यस्ता युवाहरुले वास्तविक रोमान्स के हो भन्ने भुल्छन् । आजभोलीका युवाहरुमा बढ्दो थकान, दबाब वा निराशाको कारण आफ्नो प्रेमिकाको साथमा यौनसम्बन्ध बोझिलो हुन्छ र त्यसको नकरात्मक असर प्रेमसम्बन्ध वा वैवाहिक सम्बन्धमा पनि पर्छ ।

युवायुवतीको बीचमा यदि सेक्स सम्बन्धमा मधुरता र सन्तुष्टि छ भने दुवैबीचको सम्बन्ध पनि राम्रो हुन्छ । त्यसैले आउनुहोस् जानिराखौं यौन सम्बन्धको बोझिलतालाई हटाएर कसरी आफ्नो सम्बन्धमा नयाँ जीवन प्राप्त गर्न सकिन्छः

खुलेर व्यक्त गर्नुहोस आफ्नो चाहना

युवाहरुमा यदि यौन चाहना भएन भने सम्बन्धमा पनि गरमपना आउँदैन । धेरैजसो युवतीहरु लाजको कारणले पनि यौनको बारेमा आफ्नो भावनाहरु पार्टनरसँग लुकाउँछिन् । त्यसैकारण उनीहरुलाई चाहना भएअनुसारको यौनसन्तुष्टि मिल्दैन ।

जब मनको कुरा मनमै रहन्छ र पार्टनरको अगाडि खुल्न सक्दैनन् त्यतिखेर उनीहरलाई यौनसम्बन्ध बोझिलो लाग्छ । यदि तपाई पनि सम्बन्धमा रोमान्सको झड्का लागिरहोस भन्ने चाहनुहुन्छ भने आफ्नो यौनचाहनाहरु आफ्नो यौनसाथीसँग सेयर गर्नुहोस् ।

तपाईंलाई जे राम्रो लागिरहेको छ त्यो बताउनुहोस् र मन नपरेको कुराहरु पनि नलुकाउनुहोस् । आफ्नो साथीसँग हरेक कुरा सेयर गर्नुहोस् र यौनसम्पर्कको समयमा संकोचलाई टाढै राखेर त्यसको पुरा आनन्द लिनुहोस् । तपाईले सम्बन्धको गरमपन फेरि महसुस गर्न सक्नुहुन्छ ।

विस्तारै स्पर्श गर्नुहोस्

स्पर्शलाई प्रेम र यौनको सबैभन्दा महत्वपूर्ण साधन मानिन्छ । एक मायालु स्पर्शले अंगहरुमा काउकुती लगाउन सक्छ भने गलत तरिकाले गरिएको स्पर्शले मनमा घृणाले भरिन पनि सक्छ ।

यौनसम्र्पक राख्ने क्रममा यदि आफ्नो साथीलाई स्पर्श गर्ने कला तपाईसँग छ यौनसन्तुष्टि धेरै गुणा बढ्छ । विज्ञहरुका अनुसा प्रेम र सेक्सको गहिरो सम्बन्ध छ । स्किन(टु(स्किन कन्ट्याक्टबाट अक्सिटोसिन लेभल बढ्छ जसकारण तपाई रिल्याक्स महसुस गर्नुहुन्छ र आफ्नो पार्टनरको अझै नजिक जानुहुन्छ ।

एकअर्काको शरीरसँग केहीबेर चलेर शरीर शरीर बीच स्पर्श गर्नाले नै कामवासना जागृत हुन्छ । स्पर्शबाट सम्बन्धमा प्रगाढता पनि आउँछ ।
पार्टनरलाई प्रेमस्पर्श दिनु सबैभन्दा प्रभावकारी तरिका हो । पार्टनरको मुड ठिक बनाउन कानको पछाडि आँखामा किस पनि गर्न सकिन्छ ।

जिस्किँदै कुरा गर्ने, कानेखुसी गर्ने

यौन एक कला हो र यसमा जति प्रयोग गर्यो त्यति निखारता आउँछ । यसैले यौन सम्बन्ध राख्दा नयाँ प्रयोग गर्नबाट नडराउनुहोस् । जब तपाईलाई मौका मिल्छ पार्टनरलाई फोन गर्नुहोस् र रोमान्टिक तथा केहि जिस्किने कुरा गर्नुहोस् ।

साथै उनीहरुलाई बेलुका जब तपाईहरुको भेट हुन्छ केही सरप्राइज दिदैँ हुनुहुन्छ भन्ने केही संकेत दिनुहोस् । सेक्सलाई लिएर केही इशारा दिनुभयो भने अझै धेरै रमाइलो हुन्छ ।

यदि अझै आनन्द खोजीरहनुभएको छ भने कानमा कानेखुसी गर्ने खेल पनि खेल्न सकिन्छ । यसलाई चाइनिज ‘हृविस्पर गेम’ भनिन्छ । यसमा त्यस्तै छाडा कुरा गर्ने गरेमा झनै मजा दुईगुणा हुन्छ । आफ्नो पार्टनरसँग यो खेल खेल्दा केहि यौनजन्य कुराहरु पनि गर्नुहोस् ।

माहौल होस रमाइलो

सेक्स मन नलाग्दा नलाग्दै गर्ने कुरा होइन । जुन तरिकाले खाना पनि भोक र स्वाद बिना रुच्दैन वा बेस्वाद लाग्छ ठिक त्यसैगरि यौनसम्र्क पनि जबर्जस्ती गर्नाले निरस लाग्छ । त्यसले कैयौं पटक सम्बन्ध बोझिलो लाग्न सक्छ । सेक्समा माहौल र मुड अत्यावश्यक फ्याक्टर हो ।

पहिलेको जमानामा विभिन्न किसिमका अत्तरको प्रयोग हुने गथ्र्यो । किनभने सुगन्धको यौनसँग रोचक सम्बध छ । मोहक शरीर र मदहोस बनाउने सुगन्धले सेक्सको चाहना अझै बढ्छ ।

त्यसैले आफ्नो कोठा वा जहाँ यौनसम्पर्क गर्नुहुन्छ त्यहाँको माहौल रमाइलो बनाउनुहोस् । कोठा सजाउनुहोस् कोठाको बत्ति मधुरो बनाउनुहोस् र रोमान्टिक गीत बजाउनुहोस् । फेरि दिनभरको थकाइ मेटाउन एकअर्काको मसाज गर्नुहोस् ।

फोरप्ले र सँगसँगै नुहाउने

सँधै एकैप्रकारको कार्य गर्नाले त्यसमा बोझिलता आउनु स्वभाविकै हो । हरेक सम्बन्धले केहि नयाँ र रोमाञ्चक कुराको माग गर्छ । कैयौं पटक त्यसको लागि आफै बदलिनुपर्छ ।

यौन सम्बन्धमा यसै कामलाई रोलप्ले भनिन्छ । यसमा केहि फिक्सन र ननफिक्सन भूमिकालाई मिलाएर एक भूमिका बनाउनुहोस् र आफ्नो पार्टनरसँग यौनकार्य गर्दा त्यसै भूमिकामा रहनुहोस् ।

तपाईंलाई यौनको केही अलग अनुभुती भैरहेको महसुस हुन्छ र रोमाञ्चक अनुभव पनि मिल्नेछ । पार्टनरसँग एक रोमान्टिक कहानी बनाएर आ(आफ्नो रोल बाँड्नुहोस् । बेडरुममा त्यो रोल निभाउँदा तपाईले एक नयाँ अनुभूती प्राप्त गर्नुहुन्छ ।

साथै आफ्नो सेक्स अपिल बढाउनको लागि पारदर्शी कपडाहरु र अन्तवस्त्रहरुको सहारा लिएमा पनि यौनसम्बन्ध सुखद हुन्छ । त्यस्तै बाथरुममा सँगै नुहाउनु पनि यौन चाहना बढाउने एक नयाँ तरिका हुन सक्छ । बाथरुममा राम्रो पफ्र्यम स्प्रे गर्नुहोस् र बाथटबमा सँगसँगै नुहाउनुहोस् ।

तनावमुक्त सेक्स, पोर्नको लत र स्वस्थ खाना

युवाहरुमा कामको तनाव र थकानले सेक्सलाई वेस्वादको बनाइदिन्छ । विस्तारै सम्बन्धले पनि आफ्नो आकर्षण गुमाउन थाल्छ । यसैले कुनै पनि तरिकाले आँफैलाई तनावमुक्त बनाउनुहोस् र मात्रै सेक्सको मजा लिन सक्नुहुन्छ ।

जब तपाईं तनावमुक्त हुनुहुन्छ तबमात्रै आफ्नो यौनसाथीको चाहना बुझ्न सक्नुहुन्छ र उनीहरुलाई यौनको पुरा आनन्द दिन सक्नुहुन्छ । तर जब एक साथी असन्तुष्ट हुन्छ त्यतिखेर यौनको आनन्द एकतर्फी र अधुरो हुन्छ । त्यसैको रिसले त्यो सम्बन्धलाई बिगार्न पनि सक्छ ।

यौनको स्वस्थ खाना र स्वास्थ्यसँग पनि सम्बन्ध हुन्छ । त्यसैले स्वास्थ्यको लागि पनि तपाई यदि सेक्स गर्न चाहनुहुन्छ भने कम खाना खानुहोस् वा एक घन्टा अगाडिनै खाना खानुहोस् भनेर सल्लाह दिइन्छ । यसले बेडमा तपाईलाई आलस्यता आउँदैन । पोर्नको लतलाई लिएरसेक्स एक्सपर्टहरुले एक सीमासम्म पोर्न फिल्म हेर्नु यौनसम्बन्धको लागि राम्रो भएको बताउँछन् ।

source : http://www.a2zsamachar.com/33717  Photo : Google

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्