देउवा भन्छन् – निर्मलाका अपराधीलाई सरकारले बचायो



काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधामन्त्री केपी ओलीको नाम फेरेर ‘करप्रसाद ओली’ राख्नुपर्ने बताएका छन् । शनिबार उनले व्यावसायीको ढाड सेक्ने गरी कर बढाएकाले उनको नाम फेरेर ‘करप्रसाद ओली’ राख्नु पर्ने बताएका हुन् ।मोरङको लेटाङमा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा देउवाले यस्तो रोस प्रकट गरेका हुन् । पूर्वप्रधानमन्त्री देउवाले अपराधीहरुलाई सरकार आफैले संरक्षण दिइरहेको पनि आरोप लगाए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका अपराधीलाई सरकार आफै लुइरहेको भन्दै आरोप लगाएका हुन् ।

उनले कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् रेशम चौधरीलाई सपथ गराएको विषय आफूले सञ्चारमाध्यम मार्फत थाहा पाएको बताए । सरकार टिकाउन प्रधानमन्त्री ओलीले विभिन्न तानाबुना बुन्न थालेको पनि आरोप लगाए ।

उनले दुईतिहाइको दम्भमा रहेको सरकारले अब देश चलाउन नसक्ने दाबी गरे । सभापति देउवाले ‘पोलपोलमा पोस्टर टाँगेर र उखान टुक्का भनेर’ देश नचल्ने भन्दै प्रधानमन्त्री ओली प्रति व्यंग्य कसे । निर्मालाको बास्तविक अपराधीलाई कारबाही नगरी बाटो हिँड्नेलाई पक्रेर समाते भन्नु सरकारको लाचारीपन भएको आरोप लगाए । सरकारले दोषी पक्राउ नगरेसम्म कांग्रेसले यस मुद्दालाई त्यसै नछाड्ने बताए ।

सभापति देउवाले कर्मचारीहरुलाई सरकारले आतंकित पार्ने काम गरेको भन्दै आपत्ति जनाए । ‘पढेलेखेका मान्छेलाई काम लगाउन सजिलो छ,’ सभापति देउवाले भने,‘अहिलेको सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छ ।’ सरकारले कर्मचारीलाई सेवा सुविधा बढाएर समायोजन गर्नुपर्ने बताए । उनले एकपट हार्दैमा चिन्ता नलिन समेत कार्यकर्तालाई आश्वासन दिए । उनले भने,‘कांग्रेसले अहिलेसम्म हार खाएको छैन, अहिले दुईतिहाइ हुनेहरुले देशलाई विगारी सके ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्