थारु महोत्सवको तयारी पूरा



तुलसीपुरमा हुनलागेको दाङ क्षेत्र नं ३ स्तरीय माघी बिशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि पुस २५ गते हुन लागेको महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको हो ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक संस्था नमूना भुह्याँरथान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले तयारी पुरा भएको बताए । उनका अनुसार कार्यक्रमको उद्घाटन पातुपंगन्ना देशबन्ध्या गुर¥वा लक्ष्मण चौधरीले गर्नेछन् । त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, ईञ्द्रजीत चौधरी, धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको आतिथ्यता रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्