सामुदायिक वन राष्ट्रिय दिवस मनाउन वन महासंघको आग्रह



दाङ,२४ साउन । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज एक बिज्ञप्ति निकालेर बृक्षरोपण लगायत आफ्नो क्षेत्रमा सहज हुने गरी बिबिध कार्यक्रम गरी भोली साउन २५ गते सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गर्नु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वन मन्त्रालय र सामुदायिक वन संग सरोकार राख्ने सरोकारवालाहरु वीच समन्वय गरेर आजदेखि तीन दिनसम्म मनाउने कार्यक्रम तय गरिएको हुदा आफू अनुकुल कार्यक्रम बनाई दिवस मनाउन बिज्ञप्तिमा आग्रह गरिएको छ ।
संघियतामा सामुदायिक वन स्थानीय समुदायको पहिचान भन्ने मुल नाराका साथ मनाइन लागेको यस बर्षको सामुदायिक वन राष्ट्रिय दिवस सफल पार्न पनि वन महासंघले बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्