आँधीपछि थाइल्याण्डमा बाढी र विद्युत कटौती, पर्यटक भने सुरक्षित



थाइल्याण्ड, २१ पुस । आँधीपछि थाइल्याण्डमा आएको बाढी र विद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ ।

थाइल्याडको दक्षिणी भागमा रहेका शरणार्थी स्थलहरुका करिब तीस हजार शरणार्थीलाई शनिबार सारिएको बताइएको छ ।
थाइल्याण्डको दक्षिणी क्षेत्रमा शुक्रबार भीषणरुपमा आँधी आएको र त्यसपछि विद्युत कटौती हुनुका साथै बाढी पनि आएको अधिकारीहरुले जनाएका छन् ।

यद्यपी यस आँधीबाट पर्यटकहरु भने सुरक्षित नै रहेका समाचारमा जनाइएको छ । प्रति घण्टा ७५ किलोमिटरको गतिमा सो आँधी आएकोे थियो ।

अत्यधिक तिव्र गतिको आँधी, त्यसपछिको बर्षा र बर्षापछिको बाढीका कारण विजुलीका संरचनाहरुमा ठूलो असर परेकाले विद्युत सेवा पनि बन्द भएको छ ।

घटनामा परी दक्षिणी पत्तानी प्रान्तमा एक जना माझी मारिएको र अर्का एक जना बेवत्ता रहेका अधिकारीहरुले जनाएका छन् । मारिएका ती माझी ३५ वर्षका रहेका बताइएको छ ।

प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको कोह सामुइ, कोह फान्गान र कोह ताओमा ठूलो मात्रामा पर्यटक तथा यात्रु रहेका थिए । उनीहरुले प्रयोग गर्ने उडान र डुङ्गा सेवा पनि अवरुद्ध भएको थियो । –एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्