मनोरञ्जन

धुर्मुस सहित राष्ट्रिय कलाकारहरु दाङमा

By थाहा अनलाइन

August 08, 2017

शरद रेग्मी दाङ २४ साउन । तुलसीपुरमा संचालन भईरहको क्लिन तुलसीपुर अभियानले संचालन गरेको साताब्यापि सरसफाई अभियानको समापनका अवसरमा बृहत सास्कृतिक सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

सो अवसरमा सहभागी हुन राष्ट्रिय कलाकारहरु दाङ आईपुगेका छन् । उनीहरु तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपु्र उपमहानगरपालिकाले संयुक्त रुपमा संचालनमा ल्याएको क्लिन तुलसीपुर सरसफाई अभियान ५० औ हप्ता पुगेको अवसरमा स्थानीय तहलाई हस्तान्तरण गर्न नेपाल सरकारका सरसफाई दुत समेत रहेका सिताराम कट्टेल (धुर्मुश) मंगलवार तुलसीपुर आउनु भएको हो ।

उहाँसंगै अन्य कलाकार सुरविर पण्डित, पलपसा डंगोल, राजु अधिकारी र कमल गाउँले दाङको तुलसीपुर आउने कार्यक्रम तय भएको सरसफाई अभियानका संयोजक बिमल रिजालले जानकारी दिनुभयो ।

बुधवार विहान ७ः ०० बजेदेखि तुलसीपुरको वि.पी चोकमा हुन लागेको कार्यक्रममा सरसफाई सम्बन्धि सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि संयोजक रिजालले सबैमा आग्रह समेत गर्नुभएको छ ।

यस क्षेत्रका दर्जनौ सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, सुरक्षा निकाय, संचारकर्मी एवं आम जनताहरुको प्रत्यक्ष सहभागितामा संचालन भईरहको क्लिन तुलसीपु्र ग्रिन तुलसीपुर अभियान जनप्रतिनिधीहरु निर्वाचित भईसकेको अवस्थामा स्थानिय तहलाई हस्तान्तरण गर्न लागिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले जानकारी दिनु भयो ।