थारु बस्तिमा माघीको रौनक



जनक नेपाली
दाङ । थारू समुदायको पर्व माघी आउँन केही दिनमात्र बाँकी दाङ सहित पश्चिमका जिल्लाहरुमा माघीको रौनक सुरु भएको छ ।  वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाँचगान  गर्दै थारू समुदायका गाउँबस्तीमा यतिबेला बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ । माघी पर्व तयारीमा थारू समुदायले अहिले पात टिप्ने, कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने घरको सरसफाइ गर्ने काम धमाधम भैरहेको छ ।माघी पर्वका अवसरमा थारू समुदायले छोराछोरीको विवाह, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्दछन् । माघी पर्वका अवसरमा विशेषतः ढिक्री तरुल, सखरखण्ड, फर्सी परम्परा रहेको छ ।

माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारू भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारू समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् । माघीको दिन माघ १ गते बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का पैसा लुटाउने प्रचलन रहेको थारु अगुवा अशोक थारुले वताउँनुभयो । माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारू समुदायको धार्मिक विश्वास पनि थारुको भनाई छ। अवसरमा थारू समुदायले आआफ्नो नो गाउँको बडघर (अगुवा) र चौकीदार समेत ुन्ने परम्परा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्