महिलाले जान्नै पर्ने महिनावारीसँग जोडिएका ८ भ्रम



कतिपय महिलाहरुले महिनावारी भएको बेलामा कमजोर र आलश्य महसुस गर्न सक्छन् । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसबारे महिलाहरुले जान्नैपर्ने हुन्छः

१. महिनावारी रगत फोहोर ?
महिला महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरLरको रगतभन्दा असामान्य पनि हुँदैन ।
२.  शरीर कमजोर
यो कुरामा केहि  सत्यता छैन । तपाईंको शरीर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरीरमा १५० मि.ली. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।

३. व्यायाम गर्नु हुँदैनः
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदी तपाईं योगा गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्न सक्नुहुन्छ ।

४. सेक्ससँग बच्नुहोस्ः
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन ।

५. मासिक धर्मको पीडाः
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदी तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

६. तपाईं गर्भवती हुनुहुने छैनः

यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुन सक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।

७. कपाल नधुनुहोस्ः
यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।

८. यो नखानुहोस्ः
महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्