शनिबारको दिन नकिन्नुहोस् यि ६ बस्तु, नत्र संकट आइपर्ला !



एजेन्सी । हाम्रा पूर्वजहरुले मान्दै आएका थुप्रै मूल्य मान्यताहरु रहेका छन् । कतिपय कुराहरुलाई हामी अझै पनि मान्दै आएका छौ र नकार्न पनि सक्दैनौँ । यस्तै शनिबारसँग जोडिएका केहि मान्यता जुन मान्नु जरुरी छ ।

केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् ः-

१. तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

२. नुन : घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

४. फलाम : शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

५. अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

६. जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्