तुलसीपुर वासीले यसरी संम्झिए राजकुमारलाई



शरद रेग्मी
दाङ २४ साउन । तुलसीपुरका प्रतिष्ठित व्यवसायी स्वर्गिय राज कुमार श्रेष्ठलाई तुलसीपुरवासीले फेरि एक पटक संझिएका छन् ।
अपहराण पश्चात हत्या गरिएका यस क्षेत्रका समाज सेवी व्यवसायी श्रेष्ठलाई आज गाईजात्राको अवसरमा फेरी एक पटक श्रेष्ठले समाजमा पुरयाएको योगदान र सामाजिक क्षेत्रमा गरेको लगानीका वारेमा चर्चा गरेका छन् ।

आम सर्वसाधारण तथा शुभेच्छुकहरु विहानै देखि तुलसीपुरमा आयोजना गरिएको शान्तिपद यात्रामा समेत स्वतस्फूर्त रुपमा सहभागि भएर स्वर्गिय श्रेष्ठलाई संझेका छन् ।

नेवार समाज तुलसीपुरको अगुवाईमा निकालिएको शान्ति पदयात्रामा सयौ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा यस क्षेत्रका दर्जनौ सामाजिक संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो । आज मंगलवार नै स्वर्र्गिय श्रेष्ठको घरवाट गाईजात्रा समेत निकालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्