सेतो र चम्किलो दाँत बनाउन यसो गर्नुहोस्



सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ ।

जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ, ‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति ।’

मानौं, तपाईंको दाँत खराब छ । न मिलेको छ, न सेतो सफा छ । यस्तो अवस्थामा तपाईंलाई अरुको सामुन्ने हाँस्न कति गाह्रो हुन्छ । हाँस्नै पर्‍यो भने, हातले मुख छोपेर हाँस्नुहुन्छ ।

नजिक गएर बोल्न सक्नुहुन्न । किनभने दाँतको दुर्गन्ध थाहा पाउँछ कि भनेर । यदी दाँत सफा, चम्किलो  र मिलेको हुँदो हो त, तपाईं निर्धक्कसाथ हाँस्नुहुन्थ्यो । तर, दाँत नै खराब भएपछि हाँस्नु पनि गाह्रो ।

यी भए, सौन्दर्यको कुरा । दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो । जब हामी कुनैपनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ । अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ ।’

हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ । खाएको खानेकुरा पच्छ । तर, दाँत नै रोगी भए ? निश्चय पनि खानेकुरा राम्ररी चपाउन सकिदैन । त्यसमाथि दाँतको किटाणु खानामै मिसिने भयो । अब रोगमाथि रोग थपिएन त ?

त्यसैले दाँतको सुरक्षा र सफाईसँग हामी बढी सजग हुनुपर्छ । हामीलाई थाहै छ, बिहान-बेलुकी खाना खाएपछि दाँत ब्रस गर्नुपर्छ । अक्सर हामी बिहान उठेर ब्रस गर्छौं ।

जबकी राती खाएको खाना त्यसबेलासम्म मुखभित्रै सड्ने प्रक्रियामा हुन्छ । दाँतमा अल्भिmएका खानाका कणहरु कुहिन थाल्छ । यस्तो अवस्थामा बिहान ब्रस गर्नुको औचित्य के ?

अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं । खाना खाएपछि ब्रस गर्नुपर्छ । अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । यी त सामान्य कुरा हुन् । तर, हामीलाई यति सामान्य कुरा गर्न पनि कति झन्झट ?

बजारमा थरीथरीका ब्रस पाइन्छ, टु्थपेस्ट पाइन्छ । घरमै बनाएर पनि पेस्ट प्रयोग गर्न सकिन्छ । नुन, बेसार र थोरै तेल मिश्रण गरेर त्यसले दाँत सफा गर्दा राम्रो हुन्छ । अब कुरा गरौ, दाँत चम्किलो बनाउने । यो घरेलु विधी हो ।

यसरी बनाउने घरेलु टुथपेस्ट

दाँतको सफाइको लागि वा ब्रस गर्नको लागि हामीलाई नभई नहुने चीज हो टुथपेस्ट । यसले दाँतबाट दुर्गन्ध टाढा गरेर त्यसलाई सफा बनाउन मद्दत गर्छ साथै दाँतको पहेंलोपनबाट छुटकारा दिलाउँछ ।

तर, आजकाल बजारमा धेरै खालका टुथपेस्ट आएका छन् र कुन टुथपेस्ट ठिक छ र कुन छैन भनेर छुट्याउनै गाह्रो छ । आफ्नो टुथपेस्ट राम्रो भएको भन्दै विभिन्न टुथपेस्टले राम्रो भएको प्रचार गरेपनि ती उत्पादनले तपाईंको दाँत खासै सेतो र चम्किलो बनाउँदैनन् ।

स्वस्थ र सेता दाँत चाहनुहुन्छ भने तपाईंले घरमै टुथपेस्ट बनाउन पनि सक्नुहुन्छ । यसले तपाईंलाई मुखका विभिन्न ब्याक्टेरियाबाट बचाँउन मद्धत गर्छ साथै सासको गन्ध पनि टाढा गर्छ ।

घरमा तपाईं बेकिङ सोडाको मद्धतले टुथपेस्ट बनाउन सक्नुहुन्छ । यो टुथपेस्ट प्राकृतिक हुन्छ र यसले कुनै प्रकारको साइडइफेक्ट पनि गर्दैन । बेकिङ सोडाबाट ५ मिनेटमै टुथपेस्ट बनाउन सकिन्छ । बेकिङ सोडामा रहेका पोषक तत्वले तपाईंको दाँतलाई स्वस्थ र सफा बनाउन मद्धत गर्छ

आउनुहोस् जानीराखौं बेकिङ सोडाबाट घरमै कसरी टुथपेस्ट बनाउनेः

आवश्यक सामग्री

दुई तिहाइ कप बेकिङ सोडा

२-३ थोपा पुदिनाको रस

बनाउने विधि

-यसलाई बनाउनको लागि सबैभन्दा पहिले एक कचौरामा बेकिङ सोडा र पानी मिसाएर एक गाढा पेस्ट बनाउनुहोस् ।

-अब यो पेस्टमा पुदिनाको केही थोपा मिसाएर ब्लेन्ड गर्नुहोस् । पेस्ट गाढा होस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

-अब यो पेस्टलाई कुनै भाँडामा राखेर कुनै चिसो ठाँउमा राख्नुहोस् ।

-तपाईंको टुथपेस्ट तयार भयो । यो पेस्टले दैनिक बिहान बेलुका ब्रस गर्न सक्नुहुन्छ ।

अपनाउनुपर्ने सावधानी

बेकिङ सोडाको टुथपेस्टले ब्रस गर्दा सामान्य टुथपेस्ट   जस्तै  तपाई यसलाई निल्न सक्नुहुन्न भन्ने कुरा याद गर्नुहोस् ।

यदि यसको प्रयोग गर्नेक्रममा पेस्ट सुक्यो भने यसमा थोरै पानी मिसाएर मिक्स गर्नुहोस् त्यसपछि फेरि यसको प्रयोग गर्नुहोस् ।

एकपटक बनाएको बेकिङ सोडा टुथपेस्टलाई हावा नछिर्ने कन्टेनरमा राम्रोसँग राख्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्