गरिबीले लुकाएको प्रतिभा (हेर्नुहोस् भिडियो)



नेपालको सुदूरपश्चिममा पर्ने दैलेख जिल्ला भन्ने वित्तिकै सबैलाई यहाको गरिवीको चित्र आउन सक्छ । यहाँको क्षेत्र वनपाखाले भरिपूर्ण छ । यो क्षेत्रमा धेरै वन पाखा हुने भएकोले धेरै मानिसहरुको आफूलाई वर्ष दिन खान पुग्ने अन्न बाली फल्ने जग्गा जमिन छैन ।

आज हामी यही ठाउँकी एक प्रतिभावान युवतीको बारेमा र उसले सुमधुर स्वरमा गाएका गीतहरु सुनाउन गइरहेका छौं । यी युवतीको नाम हो निर्मला बादी । उनको घरमा दाजु भाउजु र साना साना दुइ बाबुहरु छन् ।

घर धान्नका लागि गिटी कुट्ने र बालुवा बोक्ने काम गर्छिन् । तर यी नै बाधीको स्वर भने जादुमय छ । अवसर कसैले नदिएपछि उनको स्वर त्यत्तिकै दैलेखको एक कुनामा थन्कन पुगेको छ ।

दैलेखकै वन पाखा र खोलाहरुमा गुन्जन पुगेको छ । त्यसैले उनी अवसरको खोजीमा छिन् । उनलाई गायिका बन्ने इच्छा छ । तर कसरी थाहा छैन उनलाई ।

                            उनको स्वर कस्तो छ भनेर थाहा पाउँनलाइ भिडियो हेरौं

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्