प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएकाे छ । व्यस्तताका कारण शुक्रबारको सम्बोधन स्थगित गरेका प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लाग्नु भएकाे हाे ।

दिउँसो १ बजे बस्ने प्रतिनिधीभसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उहाँको निजी सचिवलयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले समासमायिक विषयमा प्रतिपक्षि दल र सांसदहरुले उठाएका प्रश्नको सम्बोधन गर्ने  बताइएकाे छ । आजको बैठकमा जीवनाशक विषादी ब्यवस्थापन विधेयकमाथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै प्रशासकिय अदालत विधेयक २०५ लाई दफावार छलफलका लागि सम्बन्ति समितीमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत र पारमाणविक विधेयक २०७५ माथि बिचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्ने कायुसूची रहेको संसद सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्