अचम्मका कुरा

कारभित्र घोडा पस्दा…

By थाहा अनलाइन

January 06, 2019

भारतमा एउटा अनौठो घटना भएको छ । भारतको जयपुरको ज्याकब रोडमा एउटा घोडा बिच्किएर भाग्दा नजिकै रहेको  कारको अगाडि पट्टिको सिसा फुटाउँदै सिधै कारभित्र घुस्न पुग्छ ।

एक्कासी घोडा जोडसँग कारभित्र छिरेपछि कारभित्र रहेका ड्राइभर समेत आत्तिन्छन् ।कारभित्र छिरेको घोडालाई निकै मुस्किलले बाहिर निकालियो ।

घोडा र ड्राइभर दुर्बै सिसा बिजेर घाइते भएका छन् ।घोडा आत्तिएर त्यसो गरेको हुनसक्ने अड्कल गरिएको छ ।