मानव खप्परजस्तो देखिने फूल…



युरोप, अमेरिका र उत्तरी अफ्रिकामा पाइने लोकप्रिय फूलमध्ये स्न्याप ड्रागन वा ड्रागन फूल पनि एक हो । ड्रागनको मुखसँग मेल खाने आकारका कारण यसको नाम स्न्याप ड्रागन राखिएको हो । 

अझ रोचक कुरा त के छ भने जब यो फूल सुक्छ तब यो मानव खप्पर जस्तै देखिन्छ ।यतिमात्र नभएर यो फूलको बारेमा धेरै किम्बदन्तीहरु रहेका छन् ।

यो फूलको दाना खाए, महिलाहरुले गुमाएको युवापन र सुन्दरता फिर्ता पाउने विश्वास गरिन्छ । घरमा यो फूल फुलाए यसले खराब तत्वहरुबाट घरलाई सुरक्षित राख्ने समेत विश्वास रहेको छ । तर, वैज्ञानिकहरुले भने फूलको बनावटको कारणले सुकेपछि यस्तो आकार लिने बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्