थाहापाउनुहोस् विश्वमा दैनिक कति मानिसहरूले यौन सम्पर्क गर्छन् ?



यौन मानिसको जीवनको एक महत्त्वपूर्ण पाटो हो । यदि यौन हुन्न थियो भने सायद मानिसको पनि अस्तित्व हुन्न थियो होला ।मानिसहरू यौनलाई प्रकृतिले दिएको उपाहरको रुपमा लिन्छन् । र, यसको भरपुर मज्जा लिन्छन् । मानिसको हरेक उमेर समूहका आधारमा यौनको इच्छामा पनि भिन्नता हुने गर्छ ।

यौनका घटनाहरू दिनदिनै विश्वमा घटिरहेका हुन्छन् । त्यी यौनका घटनाहरूमध्ये कति घटनाहरू रमाइला तथा सुन्दा रोचक हुन्छन् । अनुसन्धानकर्ताहरूले पत्ता लगाएका यौनका केही रोचक घटनाहरू यहाँ प्रस्तुत छ :

विश्वमा करिब एक दिनमा १० करोड मानिसहरूले यौन सम्पर्क गर्ने गर्छन् ।

एक कन्डम निर्माता कम्पनी डुरेक्सको अध्ययनअनुसार मानिसहरू औसतमा दैनिक रूपमा ०.२८, हप्तामा १.९८ र वर्षमा १ सय ३ पटक यौन सम्पर्क गर्छन् ।

हाम्रै घरआँगनमा पाउने फलफूल जस्तैः आँप, केरा, स्ट्रबरी,फर्सीको बियाँ, गेडागुडी, खरभुजा, खोर्सानी, मरिच, स्याम्पेन र चकलेटजस्ता खाद्य पदार्थहरूले मानिसको यौन क्षमता बढाउँछ ।

यौन सम्पर्क गर्दा पुरुषको ७७ देखि १ सय ५५ क्यालोरीसम्म शक्ति खर्च हुने गर्छ भने महिलाको ७० देखि १ सय २० क्यालोरी मात्र खर्च हुने गर्छ ।

अध्ययनले बताएअनुसार पुरुष एक वर्षमा औसतमा सपना देखेर ९ पटक मानिस उत्तेजित हुने गर्छ ।

धेरै यौन सम्पर्क गर्नेमा अमेरिकाका र ग्रीकका नागरिक अगाडि छन् । अमेरिकी नागरिकले एक वर्षमा औसतमा १ सय २४ पटक र ग्रीकका नागरिकले एक वर्षमा औसतमा १ सय १७ पटक यौन सम्पर्क गर्ने गर्छन् ।

विश्वमा करिब ४२ लाख पोर्न वेबसाइट रहेका छन् र त्यसमा दसौं लाख पोर्नसम्बन्धी भिडियोहरू राखिएको छ ।

कामसूत्र प्राचीन संस्कृत पुस्तक, जसमा विभिन्न ६४ यौन आसनबारे वर्णन गरिएको छ ।

अहिलेसम्म केही अफ्रिकी देशहरूमा कुमारीसँग यौन सम्पर्का गरे एड्स रोग निको हुने विश्वास गरिन्छ ।

एक पोर्न स्टार लिजा स्प्राक्रसले सन् २००४ मा २४ घण्टामा ९ सय १९ जनासँग यौन सम्पर्क गरेर विश्व रेकर्ड राखेकी थिइन् ।

मृत्युबारेमा बढी सोचिरहने पुरुषले बढी बच्चा जन्माउने इच्छा व्यक्त गर्छन् ।

नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेहजस्ता रोगको रोकथाममा सहयोग पुग्छ ।

श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् । तर, लोग्नेले आफूमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।

यौनिक रुपमा सक्रिय मानिसमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनै सुरक्षाका उपाय नअपनाइकनै यौन सम्पर्क गर्ने गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्