अचम्मका कुरा

गर्लफ्रेण्डलाई प्रपोज गर्न फ्लाइटमै यस्तोसम्म गरे युवकले, यात्रुले समेत दिए साथ

By थाहा अनलाइन

January 06, 2019

एजेन्सी । एक व्यक्तिले मिड एयर फ्लाइडमै आफ्नी एयरहोस्टेज गर्लफ्रेण्डलाई प्रपोज गरे। तर खास कुरा के छ भने उक्त प्रस्तावपनि एयरका सबै यात्रुले उत्सव मनाए। यात्रुले गुलावको फूल दिएर एयरहोस्टेजलाई शुभकामना दिए र हातमा प्ले कार्ड दिएर उनको स्वागत गरे।

यो घटना एमिरेट्सको रोमबाट दुबई आउन लागेको फ्लाइटको हो। इटलीका स्टेफ्यानोले आफ्नी गर्लफ्रेण्ड विटोरियोलाई प्रेम प्रस्ताव गर्नका लागि त्यही फ्लाइटको टिकट लिएका थिए, जसमा उनले काम गरिरहेकी थिइन्।

यसै क्रममा युवकले एक योजना बनाए र त्यसमा त्यहाँका सबै यात्रुले साथ दिए। प्रस्तावका लागि उनले पूरै फलाइटलाई सजाइदिए। यो सबै तब भयो जब एयरहोस्टेजले दोस्रो सेक्शनमा काम गरिरहेकी थिइन्।

प्रपोजका लागि युवकलाई एयरका क्रु मेम्बर्सले पनि सहयोग गरे। पछि एमिरेट्सले इंस्टाग्राममाथि उक्त भिडियो शेयर गरेका छन्, जसलाई कयौँ व्यक्तिले हेरिसकेका छन्।

भिडियोमा जब एयरहोस्टेज बिजनेस क्लासमा काम सकेर आइन, तब अचानक फ्लाइटको सजावट देखेर अचम्मित भइन्। जब उनलाई सरप्राइजको बारेमा थाहा भयो खुसीले उनका आँखा रसाए।