अनौठो चश्मा – जुन लगाएपछि जस्तोसुकै भिडभाडमा पनि अपराधी सजिलै चिन्न सकिन्छ



एजेन्सी । चीन एक बिकसित देश हो जसले बिभिन्न अनौठो प्रबिधिको बिकास गरिरहेको छ । यसैक्रममा चीनले अपराधी पहिचान गर्ने एक नौलो प्रबिधिको बिकास गरेको छ ।अपराधी पहिचानका लागि भन्दै चीनमा सुरक्षाकर्मीका लागि विशेष चश्मा प्रयोगमा ल्याइएको छ ।

सुरक्षाको ‘हाइटेक’ व्यवस्थाका लागी भन्दै नयाँ वर्षका लागि विशेष चश्मा प्रयोग गरी सुरक्षा सर्तकता अपनाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

ठूलो संख्यामा चिनियाँहरु रेल तथा अन्य सार्वजनिक यातायातमार्फत घुम्न जाने भएकाले उनीहरुमाथि निगरानी गर्नका लागी यस्तो शर्तकता अपनाइएको हो ।

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार भीडमा संदिग्धलाई पहिचान गर्न सुरक्षाकर्मीलाई भीडभाड हुने क्षेत्रमा तैनाथ गरिएको छ । यो प्रविधि प्रयोगमा ल्याइसकेपछि मानव तस्करी र ‘हिट एन्ड रन’ सँग सम्बन्धित सात आरोपीलाई पक्राउ गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्