प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई धमिलो पानीमा माछा पार्ने रहर नगर्न सुझाव दिएका छन् ।
सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याउँदा किन ल्याएको ? कर्मचारीको वृत्तिविकास रोक्न मिल्छ ? जस्ता प्रश्न आएको भन्दै उनले भने, ‘स्वेच्छिक अवकासमा जाँदा अनावश्यक ५०/६० अर्ब व्ययभार बोक्नुपर्थ्यो ।’
नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन कार्यान्वयन गरेको भए उमेर भएका राष्ट्रसेवकलाई पेन्सनर बनाएर दक्षता गुमाउनुपर्ने पनि बताए ।
आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियनसँग भएको सहमतिअनुसार नै कर्मचारी समायोजन अघि बढेको बताए ।
यसमा चित्त दुखाउनु नपर्ने उनले बताए । कर्मचारी आन्दोलनतर्फ संकेत गर्दै उनले भने, ‘पानीलाई धमिलो पार्ने र धमिलो पानीमा माछा मार्ने रहर नगर्नु नै उपयुक्त हुन्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।