राष्ट्रिय गौरवको योजना सफल पार्नु सवै नेपालीको कर्तव्य हो–धुर्मुस



सैघाली खबर
दाङ,साउन २४ । चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफुले निमार्ण गर्न लागेको एकिकृत नयाँ नेपाल परियोजना लाई सहयोग गर्न सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नु भएको छ । दाङको तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा धुर्मुसले ललितपुरको लेलेमा शुरु गर्न लागेको राष्ट्रिय गौरवको योजनालाई सफल पार्न सहयोग गर्न उहाँले सवैमा आग्रह गर्नु भएको हो । धुर्मुस सुन्तली फाउन्डेसन नेपालले ललितपुरको लेलेमा करिव ५ अरबको लगानीमा नेपालका १ सय २५ जातिको सस्कृति तथा रहन सहनलाई संसारमै परिचित गराउने उदेश्यले शुरु गरेको आयोजना सफल भए आर्थिक रुपमा नेपालले ठुलै फड्को मार्ने समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै धुर्मुसले करिव ३ करोड नेपालीले प्रति ब्यक्ति २ सय उठाए मात्रै पनी ६ अरव संकलन हुने , त्यस्तै विदेशमा रहेका ४० लाख नेपालीले प्रति ब्यक्ति २ हजार मात्रै संकलन ८ अरव संकलन हुने भन्दै सवैको ईच्छा शक्ति भए आयोजना सहजै पुरा हुने बताउनु भयोे ।  रिर्पोर्टस क्लब दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षताम भएको कार्यक्रममा बोल्दै उहाले नेपाल सरकारका सरसफाई दुत समेत रहेका कलाकार धुर्मुसले देश तथा आफ्नो समाजको विकासको लागी हरेक नागरीकले पहिला आफुभित्र रहेको दिमागको सफाई गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रमको सञ्चालन पत्रकार धुब्रराज न्यौपानेले गरेका थिए ।

यसैविच धुर्मुस सहितका कलाकारहरुलाई तुलसीपुर उद्योग बाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । संघका अध्यक्ष बिरु रावतको अध्यक्षता तथा कलाकार सिताराम कट्टेल धुर्मुसको प्रमुख आत्थ्यितामा भएको कार्यक्रममा बोल्दै कट्टेलले तुलसीपुर उद्योग बाणिज्य संघले थालेको सामाजिक कार्यको प्रशंसा गर्नु भएको थियो । सो अवसरमा सरसफाई अभियानका संयोजक एव संघका निर्वतमान अध्यक्ष विमल रिजाल लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रिले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्