काठमाडौं– नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा गएर कालो मोसो दल्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।
मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगका सदस्य पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–४ का ३७ वर्षीय सुरेश तामाङ छन्
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले तामाङलाई थानकोटबाट पक्राउ गरेको हो ।
तामाङ क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य हुन् । शुक्रवार अपराह्न ३ः४० बजेतिर तामाङसहित क्रान्तिकारी युवा लिगका कार्यकर्ताले नेपाल वायुसेवा निगमको सुन्धारास्थित प्रधान कार्यालयमा गएर कंसाकारमाथि कालो मोसो दलेका थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।