चलचित्र ‘१२ मासे’ युट्युबमा सार्वजनिक



जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको चलचित्र ‘१२ मासे’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्रको १५ मिनेटको सारांश भिडियो आइतबार सार्वजनिक भएको छ।

आमा पार्वती देवी फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण भएको हो। शिव बिकको कोरियोग्राफी रहेको यस चलचित्रमा सुशील सैजुको प्रोडक्सन रहेको छ । साथै यस चलचित्रमा बासु न्यौपानेको छायाङ्कन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने चलचित्रलाई लय संग्रौलाको निर्देशन रहेको छ ।

चलचित्रमा जय किशन बस्नेत ,पुजना प्रधानका अलावा मरीचमान श्रेष्ठ (बल्छी धुर्बे ),पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी )र प्रदीप पाठक (नक्कली प्रचण्ड )को पनि अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्