गरुड पुराणमा कर्माको भूमिका किन यस्तो ?



काठमाडौं । अभिनेता कर्मा शाक्याले ‘गरुड पुराण’मा बुढौली भूमिका पनि निर्वाह गरेका छन् । माघ ४ बाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’मा उनले युवाको अलवा बुढोको भूमिका समेत निर्वाह गरेका हुन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा फिल्मका निर्देशक सुवास कोइरालाले फिल्म ‘गरुड पुराण’मा कर्मालाई दुई फरक–फरक भूमिकामा देख्न पाइने खुलासा गरेका छन् ।

‘फिल्ममा उनको २५ वर्षीय तन्नेरी र ६० वर्षको प्रौढको भूमिका छ’ सुवासले भने ‘कर्माले एकै फिल्ममा दुई चरित्र निर्वाह गरेको सम्भवत यो पहिलो होला ।’ यी दुवै भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको बताएका कोइरालाले दुबै भूमिकामा उनले न्याय गर्न सफल रहेको सुनाए ।

अभिनेता कर्माले भने आफ्नो दुबै भूमिका दर्शकले रुचाउने बताए । ‘फरक फरक दुई भूमिका निर्वाह सजिलो भने रहेन छ’ कर्माले भने ‘फिल्म रिलिज मिति नजिकिदा म एकदमै एक्साइटेट छु ।’

हाँस्यप्रधान फिल्म ‘गरुढ पुराण’मा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह,कमल देवकोटा सहितको अभिनय रहेको छ ।

आकाश बराल, विनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्वल ढकालको सम्पादन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्