छिल्लीकोटका दलित टिम्मुर खेतितर्फ आकर्षित



जनक नेपाली ।
दाङ, साउन २४ । छिल्लीकोटको टापुलाई वरपरबाट हुस्सु ले छेक्दै थियो ,उत्तरबाट लाग्ने सिरेटो संगै बारीको डिलमा रहेकी हिमकली वि.क.एका बिहानै टिम्मुरको घारलाई नियाल्दै थिईन । १८ कठ जग्गामा व्यावसायिक टिम्मुर खेती गदै आएकी तुलसिपुर उपमहानरपालिका १९ पैयाटाकुराकी हिमकली वि.क.आजभोली यसैमा व्यस्त रहेको भनाई छ । विहान उठेदेखी राति अबेर सम्म बारीमै देखिने वि.क. टिम्मुरको घार हेदैमा दिन वित्ने गरेको बताउनु भयो । बारीमा साना ठुला गरी करिब २ सय टिम्मुरका घार रहेको भन्दै त्यसलाई नै मुख्य आम्दानीको श्रोत बनाउदै आएको जानकारी दिनु भयो । टिम्मुर बेचेरै बार्षिक २/३ लाख आम्दानी गर्ने बताउदै त्यसैको आम्दानीबाट छोरा छोरी पढउनुका साथै परिवारको राम्रो संग जिविका पार्जन गदै आएको भनाई छ ।

कुल १९ घरधुरी दलित बस्ति रहेको पैया टाकुराका सबै दलित दम्पति हरुले व्यावसायिक टिम्मुर खेती गदै आएको बताउनु भयो ।धरै जस्तो समुदायको आम्दानिको मुख्य श्रोत भनेकै टिम्मुर खेतीनै बनेपछि छिल्लीकोटका दलित समुदाय टिम्मुर खेतिप्रति आकर्षित बढ्दै गएको बताउनु भयो । स्थानिय स्तरमै टिम्मुरको विउ उत्पादन गरी सबै दलित समुदायले यो खेतिसुरु गरेको जानकारी दिनु भयो । विरुवा हुर्कनलाई धरै समय लाग्ने भएपनी उत्पादन र आम्दानी पनी यसबाट राम्रै हुन थालेको वि.क.ले बताउनु भयो । यसबाहेक वि.क.ले बर्षेनी अदुवा र बेसार खेति पनी गदै आएको बताउनु भयो । त्यहि १८ कठ जग्गालाई नै उपयोग गदै बार्षिक २५÷३० कुन्टल अदुवा र ५÷६ कुन्टल वेसार उत्पान गदै आएको जानकारी दिनु भयो । यसका साथै वि.क.ले उत्पादित अदुवा वेसार टिमुर ले भने भने जस्तो बजार नपाउदा दैनिक हातमुख जोड्न समस्या हुने गरेको बताउनु भयो ।


यसका साथै पैया टाकुरा कै लिला वि.क.ले पनी सात कक्ठ जग्गामा अहिले टिमुर खेति उत्पादन सुरु गर्नु भएको छ । सुरुका १७ वटा टिमुरका विरुवा ल्याई रोपेको भन्दै त्यसको सख्या बढेर अहिले ४०/५० वटा घार भएतापनी विरुवा सानो हुदा उत्पादन अहिले सम्म दिन नसकेको बताउनु भयो । त्यसको साटो अहिले मालागेडिले राम्रै आम्दानी दिई रहेको वि.क.ले बताउनु भयो । टिमुर यसबर्ष राम्रै फलेको र त्यसले राम्रै आम्दनी दिन्छकी भन्ने आसमा बसेको विक ले बताउनु भयो । यसवर्ष रामै टिमुर फलेको छ टिमुर मालागेडि बाट १÷२लाख आम्दानी दिन्छकी भन्नुभयो । यसोत पैया टाकुराकै ४५ वर्षिय तुल्सिराम वि.क.ले पनी चार कक्ठा् जग्गामा रामै संग टिमुर खेती गरी राम्रै लाभ ल्याउनु भएको छ । छोरा छोरी पाल्नकै लागी ईन्डिया तिर जानु परेको पिडा सुनाउदै उहाँले ईन्डियन मुलका मान्छेले गर्ने व्यवहार देख्दा आफु दिक्क लागेर गाउँमै टिमुर मालागेडी अदुवा ,बेसार तथा गाई ,बाख्रा , भैसी पालेर राम्रै सगै जिबन निर्वाह गदै आएको बताउनु भयो ।


ईन्डिया जादा बर्षेनी मुस्किलले १/२ लाख कमाई गर्ने बताउदै तुल्सिरामले अहिले गाउँ घरमै बसी बसी २÷३लाख सम्म आम्दानी गदै आएको भनाई छ । सिजनमा वाख्रा पालेर ५०/६० हजार आम्दानी हुने भन्दै त्यसैले चामल वेसाएरखाने र छोरा छोरीको पढाई खर्च धान्ने गरेको वि.क.को भनाई छ ।आफुले उत्पादित गरेको अदुवा , बेसार , टिमुर खरिदका लागी बोटमै ठेकेदार आउने गरेपनी ठेकेदारको लापरबाहिका कारण आफुहरु ठगीमा पर्ने गरेको भनाई छ । आफुहरले दुःख गरेर बस्तु उत्पादन गरेपनी किसान हरुलाई जिल्ला बन कार्यलयले ले विक्री वितरण गर्ने अनुमति नदिदा आफुहरु मर्कामा परेको गुनासो व्यक्त गर्नुभयो । उत्पादित बस्तुको खरिदका लागी ठेकेदार घरमै आउने र उनिहरुले जिल्ला बनले प्रतिकिलो ९ रुपैया राजश्व काट्ने भन्दै मुल्य घटाएर आफुहरु संग गरिद गरि लग्ने गरेको भनाई छ । पहिले उत्पादित बस्तु घोराही , तुलसिपुर पर्सेनी लगाएतका ठाउँमा विक्रि वितरणका लागी लगेपनी अहिले त्यहा सम्म लग्न पाईने हुदा आफुहरुले उत्पादन गर्ने बस्तुको सहज रुपमा विक्रि वितरणको व्यवस्थापन गरिदिन उनिहरुले सरोकार वाला निकाय संग माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्