विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा पाण्डे



दाङ। भि.एन. कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा वविता पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीबाट सञ्चालित कलेजमा आइतबार सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  नौ सदस्यीय समितिको उपाध्यक्षमा रुपेश पुरी, सचिवमा खगेन्द्रा विष्ट, कोषाध्यक्षमा सविता विसी र सहसचिवमा विकल्प अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै गरी समितिको सदस्यमा अस्मिता थापा, सुनिता चौधरी, तुलसा घर्ती मगर, विनोद नेपाली रहनुभएको छ ।  भेलालाई सम्वोधन गर्दै क्याम्पस प्रमुख शरदकुमार आचार्यले विद्यार्थीहरुको वृत्ती विकासका लागि समिति गठन गरिएको बताउनुभयो ।

समितिका संरक्षकसमेत रहनुभएका क्याम्पस प्रमुख आचार्यले विद्यार्थीहरुको सम्पूर्ण विकासका लागि समितिले कार्य सञ्चालन गर्ने जानकारी दिनुभयो ।  भेलामा नवनिर्वाचित अध्यक्ष वविता पाण्डेले विद्यार्थीको हीतमा आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । वार्षिक कार्ययोजना बनाएर आफूहरुले अगाडि बढ्ने भन्दै अध्यक्ष पाण्डेले विद्यार्थीहरुको सम्पूर्ण खाले विकासका लागि समिति लागिपर्ने बताउनुभयो । भेलामा प्राध्यापकहरु मोहन अधिकारी, टीका बस्नेत, वसन्त खनाल, बाल्मिकी देवकोटालगायतले बोल्नुभएको थियो । भेलाको सहजीकरण कलेजका अनुशासन प्रमुख देवेन्द्र सिंह ठकुरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्