रक्षा मन्त्रालयका प्रमुख कर्मचारीद्धारा राजिनामा



अमेरिकाको रक्षा मन्त्रालयका प्रमुख कर्मचारी रिएर एड्माइरल केभिन स्विनीले पदबाट राजिनामा दिएका छन्। उनले शनिबार आफ्नो जिम्मेवारी त्यागेको अधिकारीहरुले जानकारी दिएका छन् ।

“पेन्टागनमा प्रवेश गरेको दुई बर्षपछि मैले यहाँबाट बाहिरिने निर्णय गरेको छु, निजी क्षेत्रमा फर्किने यो मेरो उपयुक्त समय हो भन्ने लागेको छ,” जनवरी ५ मा जारी गरेको उनको वक्तव्यमा भनिएको छ ।

उनले सन् २०१७ को जनवरीदेखि अमेरिकाको रक्षा मन्त्रालयको प्रमुख कर्मचारीका रुपमा जिम्मेवारी सम्हालेका थिए।
पदमुक्त भएका स्विनीले आफूले राजिनामा दिनु पर्नाको कारणका बारेमा भने वक्तव्यमा केही उल्लेख गरेका छैनन् । एएनआई

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्