वेश्यावृतीमा लगाएको भन्दै दम्पती पक्राउ



दाङ । वेश्यावृतीमा लगाएको भन्दै प्रहरीले दाङमा एक दम्पतिलाई पक्राउ गरेको छ । तुलसीपुर उप महानगरपालिका – ५ न्यूरोड स्थित न्यू फुलवारी होटल सञ्चालका पक्राउ गरेको हो । तुलसीपुर स्थित न्यू रोडमा होटल संचालन गर्दै आएका तुलसीपुर उप–महानगरपालिका वडा नं.– १४ का थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीको दम्पतिले यूवतीहरु होटलमा राखी ललाई फकाइ करकापमा पारी जवरजस्ती वेश्यावृतीमा लगाएको पिडितहरुले वताएका छन् ।ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले होटलमा खानतलासी गर्दा थप एक जना महिला फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिनुभयो ।पीडित महिलाको उद्धार गरी होटल संचालकहरुलाई पक्राउ गरेको शाहीको भनाई छ। पक्राउ परेका दुवै जनालाई मानव वेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तरगतको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्