पत्रकार वलीका बुवा माथि खुकुरी प्रहार



सैघाली खवर

दाङ,साउन २४ । पत्रकार तुलसीराम वलीका बुवा माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर १९ बाँसगढी निवासी ५० बर्षिय बिरुबहादुर वलीलाई सोही वडाको स्यालापानी बस्ने धनबहादुर वलीले खुकुरी प्रहार गरेका हुन्

सोमबार अपरान्ह ५ बजे तिर बिजौरी बजार बसिरहेको समयमा एक्कासी खुकुरी प्रहार भएको घाइते वलीले बताउनु भयो । म बिजौरीको प्रहरी चौकी अगाडी बसिरहेको थिएं, एक्कासी खुकुरीले हान्न आयो, मैले देखेर छेक्ने प्रयास गरें, तर सकेन, तीन चार चोट हानीहाल्यो घाइते वलीले भने ।

वलीलाई बिजौरीको अस्थाई प्रहरी पोष्ट अगाडी नै खुकुरी प्रहार भएपनि घटना हुँदा त्यहाँ प्रहरी भने थिएन । खुकुरी प्रहारमा संलग्न धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते वलीलाई बिजौरीमा प्राथमिक उपचार पछि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको उहाका छोरा पत्रकार तुलसीराम वलीले बताउनुभयो । घाँटीमा ताकेर हानेको खुँकुरी आफूले छलेकाले बाँच्न सकेको घाइते वलीले बताउनुभयो । ढाड, हात र पाखुरामा चोट लागेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्