डा. केसीमा समर्थनमा दाङमा प्रर्दशन



सैघाली खबर
दाङ २४ , साउन
चिकित्सा सेवा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको समर्थनमा दाङमा प्रर्दशन गरिएको छ ।

विवेकशिल नेपाली दलले घोराही प्रर्दशन गरेको हो । डा. केसीका माग लाई सम्वोधन गर , चिकित्सा शास्त्र लाई सर्वसुभल गर , एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर जस्ता नारा लगाउदै प्र्रर्दशन गरेका थिए । प्रर्दशन पछि घोराहीको तुलसीपुर चोक कोणसभा परिणत भएको थियो । कोणसभामा वौल्दै डा.अरविन्द भुषालले डा. गोविन्द केसीले उठाएका सवालहरु जनन्यायोचित रहेकाले त्यसमा सरकारले तत्काल सम्वोधन गरिनु पर्ने वताएका थिए ।

कार्यक्रममा डा लोकराज पराजुली , युवा नेता तिलक रावत , विवेक न्यौपाने ,ढकराज सुवेदी , लगाएतकाले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण समिर वंलीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्