प्रदेशमा पनि छोराछोरी र सालासाली पिए



राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा 

७७ सांसदले पिए राख्दै नराखी आफैँ तलब बुझेका छन्, पिए राखेका १५ मध्ये ७ ले आफन्त राखेका छन्

 

जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यी हुन् आफन्तलाई पिए राख्ने सांसद:

 

 

 

प्रदेश २ मा आफैँ सांसद, आफैँ पिए

७७ सांसदले पिए राख्दै नराखी आफैँ तलब बुझेका छन्, पिए राखेका १५ मध्ये ७ ले आफन्त राखेका छन्

प्रदेश २ मा एक सय ७ प्रदेश सांसद छन् । त्यसमध्ये मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत १५ जना पदाधिकारी छन् । बाँकी ९२ मध्ये ७७ जनाले पिए राख्दै नराखी सोबापतको रकम आफैँ बुझ्दै आएका छन् । पिए राखेका १५ प्रदेश सांसदमध्ये सातजनाले आफन्त नै राखेका छन् ।

सांसदले शाखा अधिकृतसरहको पिए राख्न पाउने व्यवस्था प्रदेश सभाले गरेको छ । शाखा अधिकृतको तलबस्वरुप मासिक ३० हजार पाँच सय बुझ्ने ७७ जनाले यो तलब आफैँ बुझ्दै आएका छन् । ‘७७ जना सांसदले पिए नियुक्त गरेको जानकारी दिनुभएको छैन, तर त्यसबापतको रकम लिनुभएको छ, सांसदको तलब जम्मा हुने बैंक खातामा पिएसहितको सुविधाको रकम एकमुष्ठ जम्मा हुन्छ,’ सचिवालयका लेखा अधिकृत लालबाबु मिश्रले बताए ।

नेकपाकी सांसद सीता गुरुङले छोरा कविराज गुरुङ, जकतारनदेवी सुडीले पति स्वामीशरण साह सुडी, ज्वालाकुमारीले पति अमृत शर्मा बजगाईं, शोभा लामाले भाइ अमन लामालाई पिए बनाएका छन् । त्यस्तै, कांग्रेसकी आशियादेवी थरुनीले पति विश्वमोहन दास थारू, फोरमकी करिमा वेगले छोरा सैयद जावेद परवेज र राजपाकी नीलमदेवी भूमिहारनीले पति अलखप्रसाद सिंहलाई शाखा अधिकृतसरहको सुविधा दिलाएका छन् ।

त्यस्तै, राज्यमन्त्री उषा यादवले भाइ मनीष यादवलाई र डिम्पल झाले भतिज सुजय झालाई पिए बनाएका छन् । तर, अझ ७७ जनाले पिए नै नबनाई पैसा आफैँ बुझेका छन् । उनीहरूको नाम यसप्रकार छ :

नयाँपत्रिका दैनिक

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्