ला लगिामा बार्साको दबदबा कायमै, हार्‍याे रियाल मड्रिड



स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हराएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई हराउँदै उपाधि होडलाई झन बलियो बनाएको छ। खेलको २० औं लियाेनल मेसीको गोलबाट अग्रता लिएको बार्सा खेलको ३९ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो। त्यसको चार मिनेटमा एक गोल फर्काएको गेटाफेले त्यो गोलले पर्याप्त भएन। खेलको ४३ औं मिनेटमा मेटाले एक गोल गरे। पहिलो हाफमा २–१ को अग्रता बनाएको बार्साले त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन। त्यस्तै आइतबार राति नै भएको अर्को खेलमा रियाल मड्रिड, रियाल सोसिडाडसँग २–० ले पराजित भएको छ। हारपछि अंक तालिकाको पाँचौ स्थानमा झरेको रियाल मड्रिड शीर्ष स्थानको बार्सिलोनासँग १० अंकले पछि परेको छ। त्यस्तै अन्य खेलमा सेभिया र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेल्दा भियारियालले आईबारसँग गोलरहित बराबरी खेलेको छ।  अंक तालिकामा १८ खेलबाट ४० अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट ३५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो, ३३ अंक जोडेको सेभिया तेस्रो, ३१ अंकसहित डेपोर्टिभो आलाभेज चौथो तथा ३० अंकका साथ रियाल मड्रिड पाँचौ स्थानमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्