अभिनेता सैफअली खानकी छोरी साराअली खानले २०१८ मा फिल्म ‘केदारनाथ’बाट डेब्यु गरिन् । वर्षको अन्त्यतिर प्रदर्शन भएको रणवीर सिंहसँगको ‘सिम्बा’ पनि सुपरहिट भयो । साराले वरुण धवनको साथमा गोविन्दाको फिल्म ‘कुली नं १’को रिमेकमा साइन गर्ने चर्चा थियो ।
तर, यो फिल्मका लागि आलिया भट्टले साराको स्थान लिएकी छिन् ।
अब यो खबर घोषणा हुन मात्र बाँकी रहेको बताइएको छ । यो फिल्म २०१९ को अन्त्यतिरबाट सुटिङमा जानेछ । फिल्मलाई डेभिड धवनले निर्देशन गर्दै छन् ।
गोविन्दा र करिश्मा कपुर अभिनीत ‘कुली नं १’ सन् १९९५मा रिलिज भएको थियो । फिल्मका गीत खुब हिट थिए । सो फिल्ममा कादर खान पनि थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।