चल्ने भयो भारु ५ सय र २ हजारका नोट



नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई पत्र लेखी १०० भन्दा माथिका नोटलाई पनि बैधानिकता दिन आग्रह गरेको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक पत्र लेख्दै आरविआईसँग यस्तो प्रस्ताव गरेको हो ।

यो पनि पढ्नुहोस् :  मलेसियामा छुरा हानेर एक नेपालीको हत्या

यो पनि पढ्नुहोस् : मेक्सिकोमा विस्फोट हुँदा २१ को मृत्यु

आरविआईले नेपालमा १०० भन्दा माथिका भारतीय नोटहरु प्रतिबन्ध लगाएपछि सरकारले पनि गत मंसिर २४ गते मन्त्रिपरिषद्को निर्णयबाट नेपालमा १०० माथिका नोट नचलाउन सबैसँग आग्रह गरेको थियो ।

गत शुक्रबार पठाईएको सो पत्रमा २००, ५०० र २०००का नोटहरुलाई पनि बैधानिकता दिन आग्रह गरिएको छ । नेपालमा भारतीय नोट प्रतिबन्धका कारण नेपालमा भारतबाट आउने पर्यटनमा असर पर्ने विश्लेषण भईरहेको बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार भारतीय ती मुद्राहरुलाई बैधानिकता दिन आग्रह गरिएको छ । नेपाल राष्ट्र बैंकका वैदेशिक विनिमय विभागका एक अधिकारीका अनुसार विशेषगरी बारम्बार भारत आउने जानेहरुको लागि यसले समस्या सिर्जना गरेको भन्ने गुनासो आएपछि विभागले यस्तो पत्र पठाएको हो ।

यो पनि पढ्नुहोस् :महिला बढि उत्तेजित कुन बेला हुन्छन् ?

यो पनि पढ्नुहोस् :कुन अंग स्पर्स गर्दा महिलाहरुमा यौन उत्तेजना पैदा हुन्छ ? पढ्नुहोस्

अहिले भारतीय रिजर्भ बैंकले ठूला भारतीय नोटहरुलाई नेपालमा स्वीकृति दिईराखेको छैन । दुई वर्ष अघि भारतले ५०० र १०००को नोट प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतले नेपालमा भएका पनि सबै भारतीय नोटहरु अबैध घोषणा गरेको थियो ।

 

अहिलेसम्म पनि भारतीय रिजर्भ बैंकले नेपालमा रहेको भारतीय नोट सटही गरेको छैन । केन्द्रीय बैंक र जनतासँग गरी कूल २० करोड रुपैयाँको हाराहारीमा पैसा रहेको बताईएको छ ।

गत मंसिर २४ गते भारतीय रिजर्भ बैंकले नेपाली नोट प्रतिबन्ध लगाएपछि सरकारले पनि नेपालमा १०० भन्दा माथिका नोटहरु प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, पर्यटनमा नोक्सानी हुने र आफ्ना नागरिकहरु भारत जानुपर्दा पनि समस्या भएपछि राष्ट्र बैंकले यस्तो पत्र पठाएको हो ।

यो पनि पढ्नुहोस् : 

मलेसियामा छुरा हानेर एक नेपालीको हत्या

यो पनि पढ्नुहोस् :‘भटमास’यस्तो खतरनाक रोगबाट बचाउछ जानीराखौ

यो पनि पढ्नुहोस् :अल्सर रोगका हुन्छन यस्ता लक्षण, बेलैमा ध्यान पुर्याउनुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्