बिहेको तयारीमा फरहान अख्तर, यस्ति छिन् उनकी हुनेवाली पत्नी



बलिउड कलाकार, निर्देशक तथा लेखक फरहान अख्तर दोस्रो पटक बिहे गर्ने तयारीमा छन् । यसअघि फरहानले अधुना भवानीसँग बिहे गरेका थिए ।

बिहेको केही वर्षसम्म उनीहरुको सम्बन्ध ठिक थियो । अचानक २०१६ मा यी दुईले सम्बन्धविच्छेद गर्ने फैसला गरे । उनीहरुले आफूहरुको १६ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गर्दै अलग अलग बाटो समाए ।

सम्बन्धविच्छेदसँगै फरहानको अरु कसैसँग सम्बन्ध रहेको आशंका गरियो । यस बीचमा धेरै अभिनेत्रीसँग उनको नाम जोडियो । तर, अहिले आएर फरहानले आफैं पुष्टि गरेका छन् कि उनी मोडल तथा अभिनेत्री शिवानी दाण्डेकरसँग सम्बन्धमा छन् । शिवानी निकै हट छिन् ।

पछिल्लो समय बलिउडका धेरै हस्तीहरु वैवाहिक जीवनमा बाँधिएका बेला फरहान र शिवानीले पनि बिहेको तयारी थालेको खबर छ । पछिल्लो समय यी दुईलाई एकसाथ देख्न थालिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्