मनोरञ्जन

संस्कारी बुहारीको यस्तो रुप !

By थाहा अनलाइन

January 07, 2019

स्टार टिभीमा प्रसारण भएको सिरियल दहलीजकी मुख्य अभिनेत्री त्रिधा चौधरीले पछिल्लो समय इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । सिरियलमा सिधासादा र संस्कारी देखिने त्रिधाले एक्कासी निकै बोल्ड फोटोसुट गराएकी छिन् ।

उनको हट र बोल्ड लुक देखेर धेरै दंग परेका छन् । त्रिधाले इन्स्टाग्राममा थुप्रै बिकिनी फोटोहरु अपलोड गरेकी छिन् । यी फोटोहरु रातारात भाइरल भएका छन् ।

त्रिधाले सिरियलमा आफ्नो सुन्दरता र दमदार अभिनयले दर्शकको मन जितेकी थिइन् । अब उनी बोल्ड लुकका कारण चर्चामा छिन् । त्रिधाले २०१६ को टिभी सिरियल दहलीजमा हर्षद अरोराको अपोजिट रोलबाट टिभीमा डेब्यू गरेकी थिइन् ।

वेब सिरिज स्पटलाइटमा पनि त्रिधाले आफूभन्दा २३ वर्ष जेठा अभिनेता आरिफ जकारियासँग किसिङ सिन दिएकी थिइन् जो निकै भाइरल भएको थियो । अहिले बोल्ड फोटो पोस्ट गरेर चर्चा बटुलेकी त्रिधालाई बिकिनी बेब पनि भन्न थालिएको छ ।