पूर्वाग्रह राखेर वाइडबडीमा आफ्नो नाम जोडिएको मन्त्री अधिकारीको दावि



‘काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा सोमबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन्। उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका छन्।

‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ, नेपाल बायु सेवा निगमलाई टाट पल्टनबाट जोगाउन सम्माननित सर्वोच्च अदालतको २०७३ पुष १ गतेको फैसला अनुसार पैंसा दिएको हो। मेरो व्यापारिक उद्देश्य होइन।’ उनले भने, ‘मैले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था थियो।’

मन्त्री अधिकारीले आफू आउनु भन्दा अगाडि नै तय भएको तालिका अनुसार भुक्तानी दिएको दाबी गर्दै आफ्नो बचाउ गरेका छन् ।
उनले आफ्नो कार्यकालमा भएका सबै जिम्मेवारी लिन तयार रहेको र न्यायिक निकायले गरिरहेको छानबिनमा आफ्नो सहयोग रहने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्