वर्ष २०१८ मा संसारकै सबैभन्दा सुन्दर १० महिलाको घोषणा, फोटोमा हेर्नुहोस् सुन्दरता



काठमाडौं। २०१८ भर्खरै सकियो। यो वर्षमा संसारकै सबैभन्दा सुन्दर १० महिलाको सूचीमा को–को कुन–कुन स्थानमा रहे भन्ने खुलासा भइसकेको छ । यो सूचीमा संसारका ती महिला छन् जो सुन्दर हुनुका साथै, बुद्धिमान, लोकप्रिय, आकर्षक र सफल पनि छन् । विभिन्न मापदण्डमा मूल्यांकन गरी सबैतिरबाट उच्च अंक पाउने महिला यो सूचीमा समावेश गरिएका छन् । यी सबैले आ–आफ्नो क्षेत्रमा आफ्नो प्रतिभाले सफलता हात पारेका छन् ।

१. हांडे एर्सेलः २५ वर्षकी टर्कीकी अभिनेत्री तथा मोडल हांडे एर्सेल यस वर्ष सबैभन्दा सुन्दर महिलाको सूचीमा शीर्ष स्थानमा रहिन् । २०३ देखि सक्रिय यी सुन्दरीलाई २०८ को टिसी ह्याण्डलरमा पनि सबैभन्दा सुन्दर महिलाको स्थान दिइएको थियो । उनी टर्कीका सबैभन्दा प्रभावशाली महिलामध्ये १ हुन् ।

२. लिजा सोबेरानोः फिलिपिनो अमेरिकी अभिनेत्री तथा मोडल लिजा सोबरानो यो सूचीमा दोस्रो स्थानमा छिन् । उनले टेलिभिजन सिरिजबाट करिअर सुरु गरेकी थिइन् । कुंग एको इवान, शी इज द वन, मस्ट बी लभ, गट टु बिलिभ जस्ता फिल्म निकै चर्चित रहे । उनी अहिले रोमान्टिक कमेडी माइ एक्स एण्ड ह्वाइमा काम गर्दैछिन् ।

३. एना डे आर्मसः क्युबाकी अभिनेत्री एनाले यो सूचीमा तेस्रो स्थान ओगटेकी छिन् । उनी अहिले हलिउडमा काम गर्दैछिन् र उनलाई सबैभन्दा हट महिलाहरुमध्ये १ मानिन्छ । क्युबामा जन्मेर हुर्केकी एनाकी आमा स्पेनिश हुन् ।

४. सेलेना गोमेजः पूर्व डिज्नी स्टार सेलेना गोमेजले यो सूचीमा चौथो स्थान पाएकी छिन् । सानै उमेरदेखि चर्चित यी सुन्दरी गायिका संसारकै सबैभन्दा सुन्दर गायिकामध्येमा पर्छिन् । उनले विभिन्न च्यारिटी संगठनसँग पनि काम गर्छिन् ।

५. दीपिका पादुकोणः बलिउड अभिनेत्री दीपिका पादुकोण यो सूचीमा पाँचौं स्थानमा छिन् । बलिउडबाट सबैभन्दा धेरै कमाइ गर्ने हिरोइन दीपिका हालै विवाह बन्धनमा बाँधिएकी छिन् ।

६. नाना इम जिन आहः यी सुन्दरीलाई नाना मात्र भनेर चिनिन्छ । केपप गर्ल ब्याण्डकी पूर्व सदस्य नाना छैटौं स्थानमा छिन् । यी चिनिया सुन्दरी २०१५ मा सबैभन्दा धेरै चर्चामा रहिन् ।

७. प्रियंका चोपडाः सूचीमा प्रियंका चोपडा सातौं स्थामा छिन् । उनलाई सबैभन्दा सेक्सी एसियन महिलाको रुपमा पनि रोजिएको थियो । प्रियंकाले बलिउडबाट माथि उठ्दै हलिउडमा पनि चर्चित शोहरुमा काम गरिसकेकी छिन् ।

८. क्याथरिन ल्याङ्गफोर्डः २२ वर्षकी यी सुन्दरीले सूचीमा आठौं स्थान ओगटेकी छिन् । अस्ट्रेलियामा जन्मेर हुर्केकी क्याथरिनले स्नातकसम्म पढेपछि अभिनयमा आएकी थिइन् ।

९. लिन युनः चीनकी सुन्दरी लिन युन सूचीमा ९ औं स्थानमा छिन् । उनी संसारभरमै सबैभन्दा लोकप्रिय अभिनेत्रीमा पर्छिन् । उनका धेरै फिल्म हिट छन् यद्यपि उनले सबैभन्दा धेरै चर्चा फिल्म द मरमेडबाट पाइन् ।

१०. एमिलिया क्लार्कः एमिलिया सूचीको १० औं स्थानमा छिन् । गेम अफ थ्रोन्समा मदर अफ ड्रेगनको भूमिकाबाट सबैभन्दा धेरै चर्चा पाएकी एमिलिया ३२ वर्षकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्