डा.केसीको समर्थमा आजदेसख सरकारी चिकित्सकहरु आन्दोलनमा



सैघाली खबर
काठमाडौं,२५ साउन


डा. गोविन्द केसीको समर्थनमा आज चिकित्सकहरुले दवाव कार्यक्रम गर्ने भएका छन् । केसीको जीवनरक्षाको अपिलसहित आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रदैछन् । विरोधस्वरुप उनीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सक संघ (गोडान) ले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थानमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । गोडानको हिजो बसेको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । मुलुकभर प्राथमिक स्वास्थ्य केन्द्र र केन्द्रिय तहका अस्पतालसम्म गरी करिव एक हजार ६ सयभन्दा बढी सरकारी चिकित्सक कार्यरत छन् । गोडानका अनुसार निजी अस्पताल र निजी चिकित्सक धेरै जसो शहरकेन्द्रित रहेकाले गरिव, निमुखा मात्र नभई मध्यम वर्गिय लगायतकाहरुलाई स्वास्थ्य सेवा र्पुयाउने ठाउँमा सरकारी चिकित्सकहरुको उपस्थिति छ ।डा. केसीको स्वास्थ्य अवस्था भने जटिल बन्दै गएको छ । आमरण अनसन थालेको आज १७ दिन पुगेपछि उहाँको स्वास्थ्यका लागि विशेष ध्यान दिइएको छ । डा. केसी बोल्न थाल्दा ‘धड्कन’, बढ्ने गरेको छ भने हात सुन्निएको छ । टाउको, जिउ दुख्ने, मांशपेशी बटारिने समस्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्