दुर्घटना

माइक्रोको ठक्करबाट सीता दाहालको मृत्यु,तिन घाइते

By थाहा अनलाइन

January 07, 2019

काठमाडौं : काठमाडौंको सामाखुशीमा माइक्रो बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीया  सीता दाहाल रहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले बताए।

अन्य चार जना घाइते भएका छन्।   घाइतेहरूको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपरचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। चक्रपथ चल्ने बा १ ज ९७६६ नम्बरको माइक्रो बसले उनीहरूलाई ठक्कर दिएको थियो।

माइक्रो बसका चालक र बस नियन्त्रणमा लिएको एससपी पन्तले बताए।