व्यवस्थापिका संसद बैठक आज बस्दै



सैघाली खबर
काठमाडौं,२५ साउन

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । आजको बैठकमा पाँचवटा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोसभन्ने प्रस्ताव पेश गर्नु हुनेछ । त्यस्तै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले
सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक २०७३, थारु आयोग विधेयक २०७३, मुस्लिम आयोग विधेयक, २०७४ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहितको अपराध संहिता विधेयक, पराध संहिता विधेयक, फौजदारी कार्य्विधि संहिता विधेयकपेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा केही कार्यसूची थपिने र केही कार्यसूची हट्ने संभावना पनि रहेको संसद सचिवालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्