आज विश्व आदिवासी दिवस



सैघाली खबर
काठमाडौं,२५ साउन

आज अगष्ट ९ तारिख, विश्व आदिवासी दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषणा गरेपछि हरेक वर्षको अगष्ट ९ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ । आदिवासी जनजाति अधिकारकर्मीहरुले यो दिवसलाई अधिकार स्थापित गराउनका लागि दबाब दिने रुपमै मनाउने गरेको बताएका छन् । दिवसको अवसरमा आज मध्यान्ह काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झाँकीसहितको ¥याली निकालिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्