महोत्सव सम्पन्न गर्ने महटावाहरुसंग  छलफल



घोराही, २३ पुस । ‘संकृतिक विकासके लाग हमार अभियान, सामाजिक न्याय सहितक समृद्धम योगदान’ भन्ने मुल नारा सहित यहि पुस २६ र २७ गते आयोजना गर्न लागिएको प्रादेशिक माघ महोत्सवलाई भब्य र सभ्य बनाउका लागि दाङका महटावाहरुसंग सोमवार नारायाणपुरमा बृहत छलफल गरिएको छ ।

प्रादेशिक माघ महोत्सव मुल आयोजक समितिको आयोजनामा तथा महटावा उपसमितिको संयोजनमा दाङका महटावाहरुसंग महोत्सवको विषयमा छलफल गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार महटावा महासंघ दाङका पदाधिकारी तथा घोराही उपमहानगरपालिका भित्र रहेका ४० जना महटावाहरुसंग छलफल तथा अभिमुखिकरण गरिएको हो ।

महोत्सवको विषयमा जानकारी गराउदै महोत्सव मुल अयोजक समितिका संयोजक भुवन चौधरीले पहिलो पटक दाङमा प्रादेशिक माघ महोत्सव आयोजन गर्न लागिएकोले सवै महटावाहरुलाई सहयोग गर्न अनुरोध गर्नुभएकोथियो ।

तीन प्रदेशबाट थारु झाँकी सहित मघौटा नाच प्रर्दशनि संगै थारु भाषा तथा साहित्यको विकासमा राज्यको नीति सम्वन्धि कार्याशाला गोष्ठी समेत छलफल गरिने भएकोेले सवै महटावाहरु अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने बताउनु भएकोथियो ।

दाङ थारु समुदायको उदगमथलो भएकोले यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि महटावाहरुको महत्वपुर्ण भुमिका हुनेभएकाले सवै गाउँ गाउँबाट आफ्नो पहचिना झल्किने गरि एक नाच संगै महटावाहरु सहभागित हुनुपर्नेमा जोड दिनुभएकोथियो ।

महाटावा महासंघ दाङका अध्यक्ष एवं महटावा उपसमितिका संयोजक चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका सदस्य केवि चौधरी, महटावा जगविर चौधरी, हरि चौधरी, बालुराम चौधरी, रामवहादुर चौधरी, महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष दहित लगायतले बोल्नुभएकोथियो ।

कार्यक्रमको सहजीकरण महोत्सवका प्रवक्ता प्रकाश चौधरीले गर्नुभएकोथियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्