सवारी शोषण गर्ने नो हर्न गलत



गोविन्द खड्का
टिरर्र–टिरर्र सवारीको हर्न बज्ला, नजिकै रहेको ट्राफिक प्रहरीले टिरर्र–टिरर्र सिठि मार्ला अनि जरिवानाको रसिद निकालेर रकम ठटाउलान् । पसिना पुच्छदै चालकले हजार, पाँच सयका नोट बुझाउलान् ।

त्यस बेला चालकहरुले घरका जहान परिवार र वैंकको किस्ता सम्झिएर कटक्क मन दुखाउलान् । अहिलेकै अवस्थामा नो हर्न लागु भए यो अवस्था हेर्न आलेख तयार भएको १५ दिन कुर्नुपर्छ ।

उसले नो हर्न क्षेत्रमा हर्न बजाए जरीवाना तिर्ने छ । नियम उल्लंघन गरेको आधारमा प्रहरीले रकम असुल्ने छ । यो प्रकृयागत हिसावले उचित ठहरिएला । प्रहरीहरुले जागिरका लागि असुल्ने छन्, चालकहरुले वाद्यताले जरिवाना तिर्ने छन् ।

उनिहरु दुवैथरीले बुझ्नुपर्छ हर्न म्युजिक होईन । संकेत हो, सवारी नजिक आएको सूचना दिन्छ । घुम्ती र वाटो क्रस गर्न लागेको जानकारी गराउँछ । चालकले आफ्नो अगाडिको अवरोध हटाउन सहचालकलाई अह्राउने काम गर्छ ।

दुईटै कानमा एरफोन घुसारेर आफ्नै धुनमा सवार गर्नु वयस्क पुस्ताले जवानी झल्काउने फेसन ठान्दै छ । म्युजीकमा आफ्नो ध्वनी मिसाएर गुन्गुनाउँदै मस्किएका पनि भेटिन्छन् । म्यासेन्जर, ईमो लगाएतमा टाइपगर्दै पनि हिडेका हुन्छन् । भर्खर विद्यालयवाट फर्किदै गरेकाहरु हाँसबकुल्ला (काराङकोरुङ) को लहर जस्तै सडकमा ताँति लगाउँने जमात पनि छ ।

सवारीको छेक हेरी मार्छकि भन्ने छुुरीरीरी दौड्ने सडकमा बाटोकाट्ने मेसो नपाएको जमात पनि छ । मनपर्दी बिच बाटोमा हड्ने जमात उत्तिकै छ । यस्तो बेलामा हर्न नबजाए ठोक्किने खतरा रहन्छ । यस्तो अवस्थामा हर्न बजाउनेलाई कार्वाहि गर्नु सडक प्रयोग गर्न नसक्नेलाई छुट दिनु अन्याए हुन्छ । पहिलो कुरा हर्न बजाउनुको कारण खोजौँ ।

घर र पर्खालको मापदण्ड पुरा गरेका थोरैछन् । मान्छे पनि जम्का भेट भएर ठोक्किने जस्ता डरलाग्दा घुम्ति छन् । आउँदै गरेको, वाटो काट्न लागेको थाहै नहुने गरी छेक्ने घर तथा पर्खाल छन् । कटर बुटामा नेपाली कांग्रेसले विपि चोक स्थापना गर्ने शालिक राख्ने निर्णय गयो । नेपाली कांग्रेस साविक क्षेत्र नम्बर दुईका सभापति गिरीराज अधिकारीका अनुसार ठड्याएको खम्बा दुर्घटना गराउने खालको बन्योे । सवारी घुमिरहेको देख्न नमिल्ने गरी मोटो निर्माण गरिएकोे छ ।

त्यसले सवारी ठोक्किने र भयानक दुर्घटना हुने खतरा छ । आफु घुम्दा आउँदैगरेको देख्न सकिदैन । त्यसलाई पुःन परिमार्जन गर्ने कांग्रेसको योजना छ । यस्तै कैयौैं मोडहरु छन् बजारका केहि घर र पर्खाल भत्काउनै पर्ने छ । त्यसका कारण सवारीले म आउँदैछु है भनेर हर्नको संकेत दिनैपर्छ । यस्तो अवस्थामा हर्न बजाउन मिल्दैन भनेर एकतर्फि सवारीलाई मात्रै जरीवाना काट्नु अन्याए हो ।

हरेक मार सहने यातायात व्यवासइ एवं व्यापारी छन् । बन्द हड्ताल हरेक चिजको निशाना यीनैपर्छन् । कालोपत्रे सडक सवारी साधनको हो भन्ने जानेका मान्छेहरुपनि बिच बाटोमै हिड्छन् ।

उनिहरुलाई रोकेर सम्झाउने संयन्त्रको विकास गरिएको छैन, त्यो सेवा हो । पैसा असूलन मात्रै सजिलो मानेर सवारीलाई नियममानुसार कार्वाहिका कुरा आएका छन् । पहिलो कुरा रोडलाईन छैन । फुटपाथको लागि उचित व्यवस्था गरिएको छैन । घोराही उपमहानगरले तोकेको घरेलु शिल्पकलामा डोका कुम्ला, छिट्वा व्यवसायी वस्दैनन् ।

त्यहाँ कर तिर्नुपर्छ भनेर तुलसीपुर चोक लगाएतका सडकमा फिर्ता आएका छन् । कालोपत्रे सडक सम्मै सिरक, डस्ना, भाँडा वर्तन फिंजेका हुन्छन् । सटर बाहिर ह्यांगर गाँसेर कपडा, झोला टंगाउने प्रतिस्पर्धा छ । जसरी हुन्छ बाटो मिच्ने व्यावारीले पैदल यात्रुलाई कालोपत्रेमा हिड्न वाद्य पारेका छन् । त्यसपछि कालोपत्रेमा गुड्ने सवारी साधन हर्न बजाउन विवस हुन्छन् ।

तिनैलाई नो हर्नको पासो थाप्ने योजना सरकारको देखिन्छ । यो सोझै अन्याए हो । राजस्व बढाएर लुट्ने योजना मात्रै हो भने, सरकारले जस्ता जाल फिंजाएपनि हुन्छ । यहि अवस्थामा घोराहीमा हर्न निशेध गरे जति रकम पनि असुलिन्छ ।

दुई शक्तिशाली अध्यक्षहरुलाई साँक्षि राखेर घोराहीमा हर्ननिशेष घोषणा गरीएको सुन्न पाइयो । उहाँहरु सिंगो उपमहानगपालिकाको गुरु हो, जे लागु गनृहुन्छ अरु वडाले सिको गर्छन् ।

प्रहरीले सिठि फुक्दै रकम असुल्दै गर्दा जरिवाना तिर्नेहरुले अध्यक्ष महोदयहरु १५ का रमेशकुमार पाण्डेय र १४ का शक्तिराम डाँगिलाई कारण सोध्ने छन् । त्यसबेला अध्यक्षज्यूहरुले प्रहरीलाई बेठिक गरीस् भनेर औला ठड्याउने अधिकार रहने छैन ।

किन भने जिल्ला प्रहरी प्रमुख एसपि बेलबहादुर पाण्डेयको प्रमुख आतिथ्यमा बसेको बैठकले गरेको निर्णयमा अध्यक्षहरुले सहमति जनाउनुभएको छ । एक नम्बर प्रस्तामा गोग्ली देखि सरर्रा चोक, गुलरीया देखि बाह्रकुने ताल चोक सम्ममा नो हर्नको अवज्ञ गरेमा टाफिक नियम बमोजीम कार्वाहि गर्नेनिर्णय गरीयो भन्ने पुस छ गतेको निर्णयमा उल्लेख छ । त्यसमा अध्यक्ष द्धोयको उपस्थिति छ । यस अर्थमा जवाफ दिने झन् ठुलो जिम्मेवारी आएको छ ।

ध्वनी प्रदुशनको सबै भन्दा पिडा तुलसीपुर चोकमा रहने वस्नेलाई छ । त्यहा ग्राहक खोज्ने चालक सहचालकहरु अनावसेक वस अघि पछि पार्दै र चर्को श्वरको हर्न बजाउँदै गर्छन् । अनावश्यक आवाज र धुवाँ निकाल्छन् । तिनलाई रोक्ने चासो प्रहरीले देखाउँदैन । वसपार्कबाट छुटेका कतिपय सवारी साधनहरु तुलसीपुर चोक नपुग्दा सम्म निरन्तर हर्न बजाउँछन् ।

तिनलाई हर्न निशेध नगरीकन कार्वाहि गर्न पाईने हो कि होईन ? त्यो रोक्न नो हर्न चाहिएको हो ? नो हर्नको निर्णयमा यातायातका प्रालि र समितिलहरुले पनि हस्ताक्षार गर्नुभएको रहेछ । उहाँहरुले चालक सहचालकलाई अनावश्यक ध्वनि प्रदुशन गर्नुहुन्न भन्ने तालिम दिनुपर्छ । आफ्ना सवारी साधनलाई जरिवाना गर्न प्रहरीलाई उक्साउने होइन । व्यवसायीको नेतृत्व गर्नेले व्यवसायीलाई मर्कापर्ने निर्णयमा सहमति जनाउनुहुन्न ।

धुलोका कारण मुखमा मास्क, आँखामा चश्मा लगाएका, त्यो नहुनेहरु नाक मुख थुन्दै हिड्नेहरु गोग्ली देखि सरर्रा चोकसम्म दैनिक थुप्रै हुन्छन् । सडक यति साँघुरो छ कि पैदल याुत्रका लागि बाटोपनि छैन । यसको कारणले कति जना दुर्घटनामा परे प्रहरीलाई थाह होला । बाटो आसपासका होडिङ वोर्डहरु पढ्नै नमिल्नेगरी धुलोले पुरिएका छन् ।

धुलो क्षेत्रका वासिन्दाले सडक धुने माग राख्दै आन्दोलन गर्छन् । यस्तो क्षेत्रमा रोडलाईन कति सम्भव छ ? यदि रोड लाईन नहालेपछि नागरीक कसरी जोगिन्छ ? यसमा गम्भिर नभएर सवारी साधनलाई हर्न नबजा भन्ने होईन ।

उसो भए चालकले झरेर मान्छे तथा गाई गोरु धकेल भनेको हो ? हरेक सवारी बाट ओर्लेर गाई गोरु धपाउन र मान्छे हटाउन सम्भव छ ? छाडा पशु चौपायका बारेमा निर्णय लिन नसक्ने घोराही उपमहानगरपालिकाले हरीत नगर र नो हर्न कसरी थेग्न सक्छ ? यसको जवाफ दिएर मात्रै अघि बढ्नुपर्छ ।

कोर्दै र मेटिदै गर्ने जेब्रा क्रसिङ छन् । तुलसीपुर चोकमा कोरेको जेब्राक्रसिङको निसाना देखिन्न । कालोपत्रे सडक टाल्न बालुवा हाल्ने चलन आएको छ । त्यसले बुंबुङती धुलो मात्रै उडाएको छैन, जत्रा धर्का हालेपनि मेटि दिन्छ । धुलोले समस्या परेका नागरीकलाई राहत दिने बारे कुनै तहमा छलफल र निर्णय भएको सुनिदैन । शहिद गेट नजिकको जेब्रा क्रसिङ उतिबेलै हराएको हो । बजारमा पाँच सय भन्दा बढिको संख्यामा टेम्पो, अटो तथा इ रिकसा मात्रै गुड्छन् ।

सर्वसाधारणले बाटो काट्न नसकेर बजार पस्नै डराउँछन् । केहि वडा अध्यक्षहरु बाहिर फिंजेका कपडा तथा भाँडा वर्तन भित्र राख भन्न सक्दैनन् । गाडि पार्किङको सुविधा छैन ।

तुलसीपुर चोकको माना टावरले बनाएको अण्डर ग्राउण्ड पार्किङ सन्चालनमा आउन सकेन । बजारमा जेनेरेटर, कार तथा अन्य साधन दिनभरी व्यस्त सडकमा आवागमन अवरोध गरेका हुन्छन् । उनिहरुलाई वडा अध्यक्षज्यूहरुले हटाउन सकनु भएको छैन । नो हर्नको निर्णयमा हस्ताक्षार गरेर यातायातका साधनलाई सजाय गर्ने निति ल्याउनुभएको छ यो सरासर गलत र अन्याएपुुर्ण छ ।

तिनपाङग्रे सवारी साधन निशेधित गरेको वैंक रोडमा अहिले सम्म लागु गर्न नसकेको प्रहरी हर्ननिशेधतिर दौडिएको छ । कार्यालय समयमा शहिद उमेश मार्ग बाटो र हस्पिटल रोडमा जाम लाग्छ । किच्ला भन्ने जक जकि हुन्छ । टाफिक प्रहरी त्यहाँ डियुटि दिने जनशक्ति छैन भन्छ । यस्ता ठाउँमा व्यवस्थापनको निति र निर्णय लिन जरुरी छ ।

गर्न सकिने ठाउँमा महोदयहरुको ध्यान जान किन सकेन ? राजश्व कमाउने धन्दाको मात्रै खोजि हो भने भन्नु केहि छैन । नत्र नागरीकले दुखपाएका खास खास विषयबाट सुधार गर्दै लैजानुपर्छ । यहि अवस्थामा लागु गरिने माघ एक देखिको नो हर्न असम्भव, अव्यवहारीक र सवारी साधन मारा छ । पुर्वाधार तयार गरीने भनिएको छ ।

जहिले पुर्वाधार तयार पारीन्छ त्यहि बेला देखी बहुसंख्यक नागरीकले अनुमोदन गर्ने गरी कार्यन्वय गर्नुपर्छ । निर्णय गर्नु अघि एक पटक पुर्वाधारको बारे सोच्नैपर्छ ।

जस्ले यस्ता गलत निर्णय न दोहोरयोन् । ध्वनी प्रदुशन हटाउनु प्रशंसनिय र स्वागत योग्य काम हो । सबैले मेरो जिम्मेवारी भन्ने महशुस गर्ने वातावरण राज्यले तयार गर्नुपर्छ । स्वस्थ हुने सबैको रहर हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्