सांसदको संशोधन दर्ताले म्यानपावर कम्पनीलाई राहात मिल्ने संकेत



काठमाडौं । म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्न नहुने भन्दै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले संशोधन प्रस्ताव दर्ता गराएसँगै म्यानपावर कम्पनीलाई राहात मिल्ने संकेत मिलेको छ । म्यानपावर कम्पनीको धरौटी वृद्धि नगरी अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सांसद यादवले विधयेकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

सत्तापक्षकै सांसदले म्यानपावर धरौटी नबढाउन संसोधन प्रस्ताव दर्ता गराएपछी म्यानपावर धरौटीको बिरोधमा रहेका म्यानपावर व्यवसायीहरुले राहत महशुस गरेका छन् ।

म्यानपावर व्यावसायीहरु धरौटी बिरोधमा स(शंकित रहेको अवस्थामा कांग्रेस पक्षका संसदहरुले पनि धरौटी बढाउन नहुने भन्दै आएका छन् ।

आइतबार यादवले दर्ता नम्बर १४ मा आफ्नो संशोधन प्रस्ताव दर्ता गराएका छन् । गत पुस ९ गते संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा म्यानपावर कम्पनीको धरौटी अब कम्तीमा ३ करोड रुपैयाँ हुने प्रस्ताव गरिएको भियो ।

उक्त विधेयकमा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड पुर्याउनुपर्ने र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई एक करोड रुपैयाँ नगद र दुई करोड बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

यादवले दर्ता गरेको संसोधन प्रस्ताव अनुसार ७ लाख रुपैयाँ नगद र ३० लाख रुपैयाँ बैंक ग्यारेन्टी हुनुपर्ने उल्लेख गरिएको छ । यादवको संसोधन प्रतावले मेनपावर कम्पनीहरुलाई केही राहात मिल्ने आशा भएको म्यनपावर कम्पनीहरुले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्