प्याब्सन दाङको प्रवक्तामा के सी



आदीम के सी ,दाङ .।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दाङको नियमित बिस्तारित बैठक आज घोराहीमा सम्पन्न भएको छ ।

प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाको अध्यक्षता तथा केन्द्रीय सदस्य जीवन आचार्यको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकले प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन के।सी।लाई प्रवक्ताका रूपमा चयन गरेको छ ।

 

बैठकमा आसन्न कक्षा १० को एस इ इ अभ्यास परीक्षा, प्रदेश अधिवेशन तथा केन्द्रीय अधिवेशनका बारेमा समेत छलफल गरिएको थियो । बैठकको सहजीकरण सचिव खगेश्वर पौडेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्