मुख्य समाचार

तराईका जिल्लाहरुमा सरकारी अस्पतालको अनुगमन

By थाहा अनलाइन

August 09, 2017

सैघाली खबर मकवानपुर ,२५ साउन

सरकार मातहत रहेका अस्पतालहरु सुधार गर्न स्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्रता दिएको छ ।स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलको पहलमा उपत्यकाको ३ जिल्लापछी तराइका जिल्लामा रहेका सरकारी अस्पतालको अनुगमन सुरु गरिएको हो । मन्त्रालयले सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सप्तरी, सुनसरी, सर्लाही लगायतका जिल्लामा रहेका सरकारी अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विषेशज्ञ डा. पुष्पा चौंधरीको नेतृत्वको अनुगमन टोलीमा डा. दिपेन्द्र रमण सिंह, नरेशप्रताप केसी, तरुण पौंडेल लगायतको टोलीले २ नम्बर प्रदेश अन्र्तगतका जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थाको अनुगमन गरेको हो । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउनका लागि स्वास्थ्य संस्थामा अनुगमन थालिएको बताउनुभयो । अनुगमन टोलीले स्वास्थ्य संस्थामा पुगेर सकारात्मक÷नकारात्मक प्रतिवेदन ल्याउँछ, मन्त्री पोखरेलले भन्नुभयोः “हामी त्यहि आधारमा स्वास्थ्य संस्था सुधार गर्न लाग्नेछौं । एक्सन प्लानमा जानेछौ ।”मन्त्री पोखरेलले सरकारी अस्पतालहरुमा तत्काल गर्न सकिने सुधारहरु, केही समयपछि गर्न सकिने र दिर्घकालमा गरिने सुधारहरुको ठोस योजना ल्याएर अघि बढ्दा सरकारी अस्पतालहरु सुधार गर्न सकिने बताउनुभयो ।